Comments Add Comment

नेपाली कामदारलाई कोरिया जाने वित्तिकै मोबाइल

JCT-Korea
७ असोज, काठमाडौं । कोरियाको मोबाइल सेवा प्रदायक कम्पनी जेसीटीले नेपालबाट रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा जाने युवा युवतीहरुलाई कोरिया पुग्दा वित्तिकै मोबाइल फोन उपलब्ध गराउने घोषणा गरेको छ ।

जेसीटीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी भाषा परीक्षा पास गरी रोजगारीका लागि कोरिया जाने नेपाली कामदारलाई सुलभ दरमा अत्याधुनिक मोबाइल सेट र सीमकार्ड उपलब्ध गराउने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्धक मयेङ सुङ जेएले नेपाली कामदारहरुले कोरिया पुगेर कम्पनीमा काम गर्न थाले लगत्तै मोबाइल प्राप्त गर्ने स्पष्ट पारेका छन् । जेसीटीले ग्यालेक्सी थ्री, ग्यालेक्सी नोट टु, ग्यालेक्सी वीन लगायतका मोबाइल सेट र सीम उपलब्ध गराउने छ ।

जसका लागि कामदारहरुले करिव ४८ हजार नेपाली रुपैयाँ तिरे पुग्ने छ । तर, कामदारहरुले तलब बुझेर मात्रै मोबाइलको पैसा तिर्न सक्नेछन् भने किस्तामा पनि तिर्ने विकल्प दिएको मयेङले बताए ।

कामदारहरुले मोबाइल प्रयोग गरेवापत मासिक रुपमा करीब ३५ सय नेपाली रुपैयाँ बराबरको चार्ज तिर्नुपर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसमा कोरियाभित्र २ सय कल र अन्तर्राष्ट्रिय कल ५० मिनेट बराबर गर्न सकिनेछ ।

कामदारहरुले दुई बर्ष उक्त मोबाइल सेट चलाइसकेपछि नेपालमा रहेका आफन्तलाई पठाउन सक्नेछन् ।

जेसीटीले भियतनाम, बर्मा, उज्वेकिस्तान लगायत पाँच वटा देशका कामदारलाई पनि यस्तो सेवा उपलब्ध गराइरहेको र नेपाल छैठौं देश भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment