Comments Add Comment

हङकङ अवार्डमा हुने छैन उत्तेजक नृत्य

jharana-and-susma
कात्तिक ३ गते हङकङमा भव्य रुपमा आयोजना हुन लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’को तयारीका लागि आयोजकले कलाकारहरुसँग छलफल गरेको छ । आज, सिनेमा क्षेत्रका चर्चित कलाकारहरुसँग आयोजकले छलफल गर्दै अवार्ड भव्य बनाउने जनाएको हो ।

हङकङको जोर्डनमा रहेको ‘बीपी इन्टरनेशनल होटल’मा कात्तिक ३ गते बेलुकी ६ बजे(हङकङको समयअनुसार) बाट अवार्ड सुरु हुने आयोजक एस.के प्रोडक्शनका प्रमुख सुनिलकुमार थापाले जानकारी दिए । अवार्ड ३ घन्टा चल्नेछ ।

छलफल कार्यक्रममा नायिकाहरु झरना थापा, सुष्मा कार्की, मलिना जोशी, ऋचा शर्मा, पूजा शर्मा सहभागी थिए । यस्तै, कलाकारहरु सुदर्शन थापा, गौरव पहारी, सन्दिप क्षेत्री पनि छलफलमा सहभागी थिए ।
चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले अवार्डलाई भव्य बनाउन कलाकारहरुको साथ चाहिने बताए । उनले यसबर्ष अवार्डमा कुनै उत्तेजक तथा भल्गर खालका नृत्यहरु नहुने जानकारी दिए ।

कार्यक्रमको सुरुवातमै नायक राजेश हमालले १० मिनेट लामो कविताको माध्यमबाट स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिनेछन् । राजेश हमालले कवितामा अभिनय गर्दै गर्दा पर्दामा नायक श्रीकृष्ण श्रेष्ठका तस्विहरु देखिनेछन् । लगतै, यसैबर्ष निधन भएका चलचित्र क्षेत्रका कलाकार, प्राविधिकको लागि १ मिनेटको महोनधारण गरिनेछ । यसलगतै कलाकारहरुले श्रीकृष्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न प्रस्तुती राख्नेछन् । malina-richa-and-puja nefta-aaward sunil-kumar-thapa

नेपाली कला संकृती झल्कने खालका प्रस्तुती अवार्ड समारोहमा देखाइने चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिए । यस्तै, कार्यक्रममा नेपाली सिनेमा क्षेत्रकी एक चर्चित नायिकालाई विशेष उपाधीबाट सम्मान समेत गरिनेछ । यसअघि नेपाल चलचित्र प्राविधिक संघले नायक राजेश हमालालई महानायक र निर शाहलाई अभिनय शिरोमणीको रुपमा सम्मान गरेको थियो । कार्यक्रमको तयारी अब सुरु हुने कार्यक्रम संयोजक पुष्कर लामाले जानकारी दिए ।
कार्यक्रम हुने हलमै भव्य होटल रहेकाले कलाकारलाई सोही स्थानमा राखिने नेपालको सम्पूर्ण खर्च ब्यहोर्दै अवार्ड आयोजना गर्न लागेका निर्माता सुनिलकुमार थापाले जानकारी दिए । कात्तिक १ गते हङकङ प्रस्थान गर्ने कलाकार, पत्रकारको टोली कात्तिक ४ मा नेपाल र्फकनेछ ।

अवार्ड आयोजना हुन लागेको वीपी इन्टरनेशनल होटल ।
अवार्ड आयोजना हुन लागेको वीपी इन्टरनेशनल होटल ।

कलाकार तथा पत्रकारहरु २ गते हङकङ घुम्नेछन् । ३ गते अवार्डमा सहभागी भएका कलाकारका लागि आयोजकले सम्पूर्ण सुविधा उपलब्ध गराउने जनाएको छ । विनय शाह अध्यक्ष रहेको ग्रेट पर्फ]{ट लिमिटेडले हङकङको सम्पूर्ण व्यवस्था गरेको छ । कार्यक्रमको उद्घाटन संचारमन्त्री मिनेन्द्र रिजालले गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment