Comments Add Comment

‘एउटा साथी’ खोज्दै अनु र रीस्ता

rista-and-salon
चलचित्र ‘एउटा साथी’को प्रदर्शन मिति तय गरिएको छ । यो सिनेमा कात्तिक १४ गतेबाट प्रदर्शनमा आउने पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । संचारकर्मी लक्ष्मण सुवेदीले आफू निर्देशित यो चलचित्र सोलो प्रदर्शनमा आउने जनाए ।

कार्यक्रममा चलचित्रमा समावेश दुई गीत पनि सार्वजनिक गरिएको छ । जसमा ‘खाली खाली थियो मन’ र ‘शितल पवनलाई’ बोलका गीत छन् । दुई गीतलाई संचारकर्मीहरुले रुचाएका थिए । चलचित्रमा अनु शाह, सलोन बस्नेत, रीस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा राजेन्द्र खड्गीको एक्सन, टंक बुढाथोकीको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ । सुरुवातमा शोभित बस्नेतले निर्माण गर्ने भनिएतापनि पछि उनले हात झिकेपछि राम खनालले यसमा लगानी गरेका छन् ।

चलचित्रमा प्रेम, मित्रता, विछोड र खुशीको कथा देखाउन खोजिएको छ । निर्देशक लक्ष्मण सुवेदीले चलचित्रले नेपाली सिनेमा रुचाउने दर्शकलाई निराश नबनाउने बताए । euta-sathi-team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment