Comments Add Comment

बैंक नभएका गाविसमा पाँच लाखको कर्जा सीमा

nrb७ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु नभएका गाउँ विकास समितिहरुमा पाँच लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्नसक्ने सीमा तोकेको छ ।

मंगलबार गाविसमा सञ्चालित लघुवित्त विकास बैंकहरुका लागि पाँच लाख रुपैयाँको कर्जा सीमा तोकेको हो । यसअघि यस्तो कर्जा सीमा ३ लाख रुपैयाँ थियो ।

यस्तो कर्जा व्यक्ति वा समूह दुवैलाई दिन सकिने राष्ट्र बैंकको निर्देश्ानमा उल्लेख छ । कर्जा प्रवाह गर्दा अनिवार्यरुपमा धितो लिनुपर्नेछ ।

सबै संस्थापक एकै समूहमा

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनी एउटै समूहमा रहने व्यवस्था गरेको छ । क, ख र ग वर्गमा वर्गिकरणलाई मंगलबारको निर्देशनले खारेज गर्दै एकै वर्गमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

चालू आर्थिक वर्षको मौदि्रक नीतिमा संस्थापक समूहलाई एकै वर्गमा राख्ने नीति लिएको थियो । उक्त नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।

निर्देशन र्हेन यहाँ क्लिक र्गनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment