Comments Add Comment

नेपालमा एनएसबी अवधारणाको सुरुवात, पाँच हजार सोसल बिजनेश स्थापना गर्ने लक्ष्य

  CG NSB (1)
७ असोज, काठमाडौं । औद्योगिक घरना चौधरी ग्रुपले नेपालमा सोशल बिजनेशको अवधारणा कार्यान्वयनमा ल्याएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्रुपले नेपालमा सोसल बिजनेश ‘एनएसबी’ सुरु गरेको जानकारी दिएको हो ।

यस अवधारणा अन्तर्गत पाँच वर्षमा मुलुकभित्र ५ हजार सोसल बिजनेश स्थापना गर्ने उद्देश्य राखेको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए । बिजनेश आइडिया भएर पनि वित्तीय पहुँच नभएका कारण उद्यमी बन्न नसकेका नेपालीहरुलाई कर्जा उपलब्ध गराएर उनीहरुलाई उद्यमी बनाउने एनएसबीको लक्ष्य छ ।

सोसल बिजनेशनअन्तर्गत एनएसबीले जुम्लामा ४ वटा पाइलट प्रोजेक्ट सञ्चालनमा ल्याएको छ । सिजी एनएसबी र लायन्स क्लब इन्टरनेशनलले संयुक्त रुपमा यो अवधारणा नेपालमा लागु गरेका हुन् । सोसल बिजनेशको अवधारणा नेपालमा चौधरी ग्रुपले सन् २०१२ को डिसेम्बरमा युनुस सेन्टरसँग साझेदारी गरी ल्याएको थियो ।

ग्रामिण क्षेत्रमा आर्थिक गतिविधि विस्तार गरी उद्यमशिलता विकास गरी गरिवी निवारणमा सहयोग पुर्‍याउन सोसल बिजनेश सुरु गरेको अध्यक्ष चौधरीले जानकारी दिए । यो अवधारणाबाट ग्रामिण क्षेत्रका सामाजिक समस्याहरु दीर्घकालिन रुपमा समधान गरी हृयुमन इन्डेक्स बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

CG NSB (6)

सोसल बिजनेशलाई गैर सरकारी संस्था (एनजिओ) र बिजनेशको समष्टिग रुप मान्न सकिने बताइएको छ । यसको समाजिक उद्देश्य एजिओको जस्तो देखिए पनि आर्थिक रुपमा बिजनेश जस्तै दिगो रहेको छ ।

सोसल बिजनेशले नेपालको आर्थिक विकास र सामाजिक सशक्तिकरणमा एकैसाथ योगदान पुर्‍याउने अध्यक्ष चौधरीले दाबी गरेका छन् । मुलुकमा सोसल बिजनेशहरुको प्रवर्द्धन गर्दै सामाजिक रुपमा पछि परेका वर्ग, क्षेत्र र समुदायहरुमा आर्थिक एवं सामाजिक समृद्धि ल्याउन पहल गर्नु यसको मूल उद्देश्य रहेको उनले बताए ।

एनएसबीले स्थानिय तहमा रहेका सोसल बिजनेशका अवसरहरुका बारेमा अध्ययन गरि सम्बन्धित व्यक्ति एवं समुदायलाई तालिम र विज्ञहरुको परामर्श उपलब्ध गराउने छ । छनौट गरिएका बिजनेश प्लानहरुलाई एनएसबीले सहुलियतपूर्ण वित्तिय सहयोग उपलब्ध गराउने छ ।

यसरी प्रदान गरिएको वित्तीय सहयोगको साँवा फिर्ता गर्नुपर्ने हुन्छ । यस्तो लगानीको एनएसबीले कुनै नाफा र ब्याज नखोज्ने अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार फिर्ता भएको साँवालाई सोसल बिजनेशको नयाँ सृजनशील योजना कार्यान्वयनका लागि उपलब्ध गराइने छ ।

NSB

सोसल बिजनेश अवधारणका प्रवर्तक नोबले शान्ति पुरस्कार बिजेता प्रोफेसर मोहम्मद युनुससँग सोसल बिजनेश सञ्चालनका लागि १० मिलियन डलरको सम्झौता गरेको पनि अध्यक्ष चौधरीले जानकारी दिए ।

अध्यक्ष चौधरीका अनुसार अहिलेसम्म ९ जना व्यवसायीले सोसल बिजनेशमा इच्छा व्यक्त गरेको र उनीहरुको बारेमा अहिले अध्ययन भइरहेको छ । आउँदो नोभेम्बरसम्म सबैको प्रकृया पुरा गरेर कार्यक्रम अगाडी बढाइने उनले जानकारी दिए ।

नाफाको उद्देश्य नराखी मानिसहरुलाई उद्यमी बनाउन सहयोग पुर्‍याउने एनएबी अवधाराणाले नेपालीहरुको मन जित्न सफल हुने अपेक्षा गरिएको छ ।

एनएसबीका सिइओ निर्वाण चौधरीले सोसल बिजनेस अवधारणाले ग्रामिण क्षेत्रका जनताको आयस्तर बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गरी सामाजिक उद्यमशिलता विकास गर्न यस कार्यक्रमले सहयोग पुर्‍याउने उनको दाबी थियो ।

CG NSB (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment