Comments Add Comment

१३ दिनको किरिया तीन दिनमै !

८ असोज, ताप्लेजुङ । १३ दिन लामो किरिया गर्ने परम्परागत संस्कार तोड्दै ताप्लेजुङको फुरुम्बु गाविस-३ का भट्टराई परिवारले तीन दिनमै किरिया संस्कार सकेका छन् ।

८६ वर्षको उमेरमा आइतबार साँझ मृत्यु भएका मानबहादुर भट्टराईको सोमबार दाहसंस्कार गरी मंगलबार काजकिरिया सम्पन्न गरिएको हो । मानबहादुरकी श्रीमती विष्णु माया भट्टराईको अनुरोधमा छोराछोरी किरिया छोट्याउन सहमत भएका हुन् । मानबहादुरले मृत्यु अघि आफ्नो किरिया १७ घन्टामा त्यो सम्भव नभए तीन दिनमा सकिदिन श्रीमती र छोराछोरीलाई अनुरोध गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

विष्णुमायाले भनिन्-‘आइतबार बेलुका साढे ६ बजे प्राण गयो, बिहानसम्म पनि किरिया तीन दिनभन्दा बढी नगरिदिनु भन्दै हुनुहुन्थ्यो । त्यसैले छोराछोरीलाई बुबाकै इच्छाअनुसार क्रिया गरे भनेकी हुँ ।’

देश परदेश आफन्त जहाँ गए पनि आफ्नो किरिया छोटो गरिदिनु भन्ने एउटै प्रस्ताव गर्ने मानबहादुरले देवताको पालामा १३ वर्ष गर्नुपथ्यो पछि १३ महिना भयो फेरि १३ दिनमा झरेको सुनाउँदै आफ्नो तीन दिनभन्दा नलम्व्याउन श्रीमती र छोराछोरीलाई भन्ने गरेका थिए । प्यारालाइसिस भएर वैशाखदेखि थलिएका भट्टराईका चार छोरा र ९ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment