Comments Add Comment

मलेसिया एअरपोर्टमा थुनिए एकसय ६० नेपाली

८ असोज, काठमाडौं । रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ६० जना नेपाली कामदार महिनौदेखि अलपत्र परेका छन् । अलपत्र परेका मध्ये कतिपय कामदारको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

म्लेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अलपत्र परेका यी नेपाली कामदार क्वालालम्पुर विमानस्थलस्थित डिटेन्सन क्याम्प (थुनुवा कक्ष)मा बसिरहेको जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ । ‘रोजगारदाता लिन नआउँदा अलपत्र परेका कामदारलाई फर्काउन पहल भइरहेको छ,’ उनले भने । यसबाहेक मलेसियाका विभिन्न सहरमा अन्य सयौं नेपाली कामदार जेलमा रहेका र अलपत्र परेका उनले बताए ।

अन्य स्थानमा अलपत्र परेकामध्ये अधिकांश गैरकानुनी कामदार छन् । गैरकानुनी कामदारलाई नेपाल फिर्ता गराउन दूतावासले विशेष पहल गरिरहेको छ । दैनिक दुईसय जना नेपालीलाई स्वदेश फिर्ता पठाउन ट्राभल डकुमेन्ट तयार गरिँदै गरेको बस्न्यातले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment