Comments Add Comment

कांग्रेस नेतृ सुजाता कोइरालालाई निलम्बन गर्न सिफारिस

Sujata-Koirala
८ असोज, काठमाडौं । संविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित एक सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्य, सभासद्, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् ।

अनुशासन समितिले मंगलबार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । केन्द्रीय समितिले अनुमोदन गरेपछि छानबिन समितिको सिफारिस कार्यान्वयनमा जानेछ । समितिले दोस्रो संविधानसभा चुनावमा भएको अन्तर्घातका विषयमा छानविन गरेको नयाँ पत्रिकामा खबर छ ।

छानविन समितिले नेतृ कोइराला बहाल रहेको पदीय दायित्व र जिम्मेवारीमा तीन महिनाको प्रतिबन्ध लगाएको छ । उनले मोरङ-१ का कांग्रेस उम्मेद्वार आमोदप्रसाद उपाध्यायलाई हराउन भूमिका खेलेको आरोप छ । उपाध्याय समितिका संयोजक हुन् ।

सुजता भन्छिन -आरोप मान्दिन
यता नेतृ सुजाता कोइरालाले आफूमाथि लागेको आरोप निराधार रहेको बताएकी छिन् । गिरिजाबाबुको निर्वाचन क्षेत्रमा आफ्नै उम्मेद्वारलाई हराउन आफू नलाग्ने भन्दै उनले प्रमाण दिन चुनौति दिएकी छन् । उनले भनिन्-‘प्रमाण छ भने त देखाउनुपर्‍यो नि, मौखिक रुपमा भनेर मात्रै हुन्छ ? केन्दीय समितिमा पेस गर्नुपर्‍यो, अनि छलफल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment