Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाले नेतृ सहाना प्रधानको निधन भएको, राष्ट्रिय सम्मानका साथ मंगलबार अन्त्येष्टि गरिएको, म्याग्दीमा जीप खस्दा १३ को मृत्यु भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई निलम्बन गर्न सिफारिस गरिएको, वैद्यखानाका औषधिमा ब्याक्टेरिया भेटिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणमा २ करोड खर्च भएको, मलेसियाको एअरपोर्टमा १ सय ६० नेपाली थुनिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले कांग्रेसमा १८३ माथि कारबाही भएको, पक्राउ परिने डरले सैनिक सहचारी फेरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment