Comments Add Comment

बुधबारका दैनिक पत्रिकामा बिजनेश खबर

बुधवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले पञ्चेश्वर बहुउद्देश्यीय विकास परियोजना अघि बढाउने सहमति भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकले ‘पञ्चेश्वर अघि बढाउन छिट्टै कार्ययोजना’ शीर्षकमा मुख्य खबर छापेको छ । पञ्चेश्वर बहुउद्देश्य परियोजना अघि बढाउन नेपाल र भारत राजी भएका छन् । एक महिनाभित्र नयाँ दिल्लीमा सचिवस्तरीय वैठक गरी परियोजना अघि बढाउन कार्ययोजना तयार गरिनेछ ।
यस्तै, शान्ति प्रक्रिया जोगाउन लडाकु भ्रष्टाचार छानबिन रोकियो, पाँच वर्षका लागि यूएसएडको साढे ३८ अर्ब सहयोग, अनुगमनको दायरा बढाउँदै वाणिज्य विभाग, संस्थापक सेयरधनी एउटै समूहमा लगायतको खबर कारोबार दैनिकमा छ ।

आर्थिक दैनिकले बालकृष्ण अवालेको कालोसूची काण्डलाई प्रमुख खबर बनाएको छ ।

यस्तै, १९ वर्षपछि पञ्चेश्वरको काम अघि बढ्यो-पहिलो सीईओ नेपाली हुने, एक वर्षमा आठवटा विकास बैंकमाथि कारबाही, सीआईबीका पूर्वप्रमुख अर्याल सुन काण्डमा मुछिए, नेपाल बैंकले १५ करोड रुपैंयाँ बराबरको गैरबैंकिङ् सम्पत्ति विक्री गर्ने लगायतका खबर आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले ‘एक वर्षभित्रै पञ्चेश्वर डीपीआर’ शीर्षकमा खबर छापेको छ ।

यस्तै, फलफूलमा उपभोक्तालाई राहत, बन्दमा पीडीओ उठाउँदा स्पष्टीकरण, राजमार्गमा मनपरी मूल्य, ग्याँसमा ठगी गर्ने पक्राउ, सामाजिक ब्यवसायमा चौधरीको लगानी लगायतको खबर नागरिक दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले मलेसियामा नेपाली कामदारको समस्याकोबारेमा मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातसँगको कुराकानीलाई प्रमुख खबर बनाएको छ ।

यस्तै, पञ्चेश्वर विकास प्राधिकरण विधान पारित, कामदारसँग वित्तीय कारोबार गर्न अगग्गै कोष, अबदेखि वित्तीय संस्थामा दुईवटा समूहमात्र सेयरधनी, खाद्य संकट हटाउन प्रमुख बालीको विज वृद्धि, अदालतको आदेशले क्यासिनो खुल्यो लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment