Comments Add Comment

छोरा पुर्‍याउन शेरबहादुर देउवा बेलायत

deuba-in-london

८ असोज, लण्डन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा आफ्नो छोरालाई पुर्‍याउन लण्डन पुगेका छन् ।

योर्कशायरस्थित एक विश्वविद्यालयमा अध्ययन गर्न लागेका छोरा जयवीरलाई पुर्‍याउन देउवा परिवार लण्डन पुगेको हो ।

जेट एयरवेजबाट मंगलबार साँझ लण्डनको हिथ्रो विमानस्थलमा ओर्लिएका देउवाले बेलाउत आउनुको कारण भने खुलाएनन् । उनले भने-‘लामो उडानबाट आएको छु, अहिले थालेको अवस्था छ । तपाई हाम्रो भेट हुनेछ ।’ यद्यपी देउवाले समयमै संविधान बन्नेमा आशावादी रहन भने आग्रह गरेका थिए ।

दुई साता बसाइका लागि लण्डन पुगेका देउवाले बेलायत कांग्रेस तथा अन्य संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउनेछन् ।
ध्रुबराज अर्यालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment