Comments Add Comment

संसदको गतिरोधले दैनिक क्रियाकलाप ठप्प हुने अवस्था अायो : मन्त्री सिंह

parkasman-sing

८ असोज, काठमाडौं । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संसदको गतिरोधले सरकारको दैनिक कार्य सञ्चालनलाई नै असर पुर्‍याउँन थालेको बताएका छन् । मध्य बानेश्वरस्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयले विजया दसमी, तिहार तथा छट पर्वको अवसरमा  बुधबार बिहान अायोजना गरेको शुभकामना अादान प्रदान कार्यक्रममा मन्त्री सिंहले सरकारको दैनिक गतिविधिलाई नै अपठ्रो पर्ने गरी संसद अवरोध नगर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सिंहले भने-‘विपक्षी दलले गरेको संसद अवरोधले सरकारको दैनिक कार्य सञ्चालनमा समस्या उत्पन्न भएको छ । विकास निर्माणका कार्यमा अवरोध भएको छ । त्यसैले वार्ता र संवादबाट समस्याका समाधान गरौं विरोधले मात्र समस्या समाधान हुँदैन । वार्ताबाट माग सम्बोधन गर्न हामी तयार छौं ।’

प्रमुख दल नमिलेसम्म निर्धारित समय माघ ८ मा संविधान जारी नहुने भन्दै मन्त्री सिंहले सबैदल एकठाउँ भेला भएर अघि बढ्नुपर्ने र संविधानका विवादीत विषयमा चाँडो सहमति गर्नुपर्ने बताए । सहमतिका लागि सरकारले जस्तोसुकै लचकता अपनाउने मन्त्री सिंहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment