Comments Add Comment

बासीभात खाएर भैंसी र बाख्रा चराउँथे : जीतू राइ

Jitu-rai

भारतका लागि एसियाडमा पहिलो स्वर्ण जिताएपछि जीतू राइ फेरि चर्चामा छन् । नेपालमा जन्मिएका जीतू ८ वर्ष अगाडि भारतीय सेनामा भर्ना भएका थिए ।

जीतूले आफ्नो बाल्यकालबारे बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्-‘मलाई बाल्यकालमा पढ्न समय मिल्दैनथ्यो । म भागेर विहान ९ बजे स्कुल पुग्थेँ ।’ कसरी पढ्ने भन्ने थाहा नभएकाएले आफूले स्कुलमा गएर टाइम पास गर्ने गरेको उनले बताए ।

उनले भनेका छन्-‘जब स्कुलबाट घर फर्किएर आउँथे, आमाले घरमा भएको बासीभात खा र भैंसी र बाख्रा चराउन जा भन्नुहुन्थ्यो ।’

आफ्नो सानामा नै इच्छा गोरखा रेजिमेन्ट भर्ना हुने भएको उनले बताए । बि्रटिस आर्मी जाने सोचेको तर, एक दिन पहिले नै भारतीय आर्मीमा भर्ना खुलेकाले प्रयास गरेको उनले बताएका छन् ।

एडियाडका स्वर्ण विजेता जितूले भनेका छन्-‘मैले कहिल्यै यो सफलताबारे सोचेको थिइँन । मेरो लागि त गोर्खा रेजिमेन्टमा भर्ना हुनु नै काफी थियो ।’ उनले अब विश्वकप र ओलम्पिकमा वर्ण जित्ने इच्छा रहेका बताए ।

एसियाडमा स्वर्ण जितेपछि उत्तर प्रदेशका मुख्यमन्त्रीले ५० लाख पुरस्कार घोषणा गरेकोमा खुसी व्यक्त गरे । अब अझ राम्रो प्रदर्शन गर्ने उनले बताए । ‘म लखनउमा ट्रेनिङ गरेर नै यहाँसम्म आएको हुँ’ उनले भनेका छन्-‘अब ओलम्पिकमा पदक जित्ने मेरो कर्तव्य हो ।’

कुराकानीका क्रममा जितूले विवाहको बारेमा आफूले अहिलेसम्म नसोचेको बताए । पदक जितेपछि आफूमा कुनै परिर्वतन नभएको भन्दै उनले भनेका छन्-‘म जस्तो थिएँ, त्यस्तै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment