Comments Add Comment

एक बोतल रक्सीको साढे चार लाख !

raksi1

पुष्प दुलाल/नविन अर्याल

९ असोज, काठमाडौं । दसैंको मुखमा सर्वसाधारण जनता र बाढी पीडितहरु आर्थिक समस्यामा रुमलिइरहेका बेला काठमाडौंमा यस्तो रक्सी भित्रिएको छ, जसको ७ सय मिलिलिटरको एउटा बोतललाई साढे चार लाख रुपैयाँ पर्छ ।

फ्रान्सेली सम्राट लुई तेह्रौंका नाममा बनेको यो रक्सी फ्रान्सको कन्याक कम्पनीले उत्पादन गरेर काठमाडौं भित्र्याएको हो । यो मदिरा संसारभर अत्यन्तै धनाड्य वर्गले मात्रै उपभोग गर्दै आएका छन् ।

धनाढ्य नेपाली मदिरा पारखीलाई मध्यनजर गर्दै गत जुलाइमा लुई तेह्रौं नेपाल भित्र्याइएको ‘ग्रीन लाइन’का बजार तथा बिक्री प्रबन्धक सागर सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

सापकोटाका अनुसार पछिल्लो समय नेपालमा ब्राण्डेड मदिरा सेवन गर्ने प्रवृत्ति बढ्दो छ । महंगो मूल्यका रक्सी पिउनेहरु नेपालमा बढेका छन् ।

raksi-bottel

कसैले किनेनन् लुइ तेह्रौं

जुलाइमै भित्र्याइएको भए पनि नेपाली बजारमा लुइ तेह्रौैं ब्राण्डी अहिलेसम्म बिक्री भएको छैन । ‘आशा गरौं दसैंमा चाहिँ बिक्छ कि !’ सापकोटाले भने -‘यो ब्राण्डीका बारेमा दैनिक चार/पाँच जनाले सोध्ने गरेका छन् ।’

सापकोटाका अनुसार यस्ता उच्चस्तरका ब्राण्डीहरु खासगरी संसारभर तारे होटलमा खपत हुन्छ । ‘तारे होटलहरुले एक प्याकको ३० हजार रुपैयाँसम्म बिक्री गर्छन्’ उनले भने ।

महंगा रक्सी तथा हृवीस्कीहरुमा रोयल स्यालूट ब्राण्डीचाहीँ नेपाली बजारमा बिक्री भएको सापकोटाले जानकारी दिए ।

‘गत वर्ष तीन बोतल रोयल स्यालूट ब्राण्डी बिक्री भएको थियो’ उनले भने -अब एक बोतलमात्रै बाँकी छ, यो बिक्री गर्दैनौ, सोपिसका लागि राखेका हौं ।

रोयल स्यालुटको मुल्य ३ लाख ३ हजार रुपैयाँ रहेको छ । बेलायतकी महारानी एलिजावेथले ‘रोयल सेरेमोनी’मा यो ब्राण्डी प्रयोग गरेकी थिइन ।

कुन रक्सी कति महंगो ?

नेपालमा उपलब्ध भएका मदिराहरुमध्ये लुइ तेह्रौं नै सबैभन्दा महंगो हो । ७ सय ५० मिलिलिटरको यो मदिराको नेपाली उपभोक्ता मुल्य ४ लाख ४५ हजार रुपैयाँ छ ।
त्यसैगरी दोस्रोमा कोन्याकको रोयल सेल्यूट हो । त्यस्तै गन सेल्यूटको ७५० मिलिलिटरको प्रतिबोतल २ लाख ९५ हजार र इज्ली अफ स्काइको ७५० मिलिलिटरको एक लाख रुपैयाँ पर्छ ।

ग्रीन लाइनमा पचार हजारभन्दा माथि र एक लाख रुपैयाँभन्दा कम मूल्य पर्ने करिब डेढ दर्जन ब्राण्डेल मदिरा रहेको सापकोटाले बताए ।

महंगा वाइन

ग्रीन लाइनले टूर ड्यूरोकमिलोन, बोटेडा एमरोन, इन्क्लेभलगायतका ब्राण्डेड महंगा वाइन बिक्रीका लागि राखेको छ ।

फ्रान्समा उत्पादित टूर ड्यूरोकमिलोनको ७५० मिलिलिटरको एक बोतलको मूल्य ११ हजार ६० रुपैयाँ रहेको छ । यो फ्रान्सको पोलाक राज्यमा उत्पादित वाइन हो ।
त्यसैगरी इटालीमा उत्पादित बोटेडा ब्राण्डको ७५० मिलिटरको प्रतिबोतल १० हजार र चिलीमा उत्पादित इक्लेभ वाइनको प्रतिवोतल ८ हजार ४ सय ९५ रुपैयाँ पर्छ ।

raksi2

दक्षिण एशियाकै ठूलो मदिरा पसल काठमाडौंमा

ग्रीन लाइन कम्पनीका प्रबन्ध निर्देशक अमित अग्रवाल हुन् । ग्रीन लाइन नेपालको सबैभन्दा ठूलो ब्राण्डेड मदिरा डिलर हो । यसमा करोडौ रुपैयाँ लगानी छ ।
दरबारमार्गमा केएफसीसँगै जोडिएको ग्रीनलाइनको रिटेल सोरुम आठ हजार वर्गमिटर क्षेत्रफलमा छ । यो दक्षिण एसियाकै ठूलो मदिरा पसल भएको सापकोटाको दाबी छ ।

महंगा हृवीस्की किन ?

महंगा हृवीस्की तथा ब्राण्डीहरुको उत्पादन पूर्णरुपमा प्राकृतिकरुपमा गरिने भएकाले यसको विषेश महत्व भएको सापकोटा बताउँछन् ।
यस्ता ब्राण्डीहरुको उपयोग संसारका धनाड्हरुको शोख र शान पनि हो ।

त्यसो त यस्ता ब्राण्डीहरु उत्पादक कम्पनीले जुनसुकै समयमा जति मन लाग्यो, त्यति उत्पादन गर्नसमेत नसक्ने सापकोटाको भनाई छ । ‘यस्ता ब्राण्डी तथा हृवीस्कीको उत्पादन लामो प्रक्रिया लगाएर पूर्णरुपमा प्राकृतिक तरिकाले गरिन्छ’ उनले भने -पाँच/१० वर्षको अन्तरालमा मात्रै एक लट उत्पादन हुन्छ, त्यसैले भनेको समयमा खरिद गर्नसमेत पाइँदैन ।

दरबार मार्गमा रहेको ‘ग्रीन लाइन’मा फ्रान्स, इटली, अस्ट्रेलिया, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिकामा उत्पादित करिब अढाई सय ब्राण्डका मदिरा उपलब्ध छन् । जसमा ४०/५० किसिमका ब्राण्ड छन् ।raksi4

एक दिनमा ६० लाखको रक्सी बिक्यो

सापकोटाले ग्रीन लाइनले होलसेल र रिटेलमा गरी एक महिनामा ६० लाखसम्मका मदिरा बिक्री गरेको बताए ।

‘बढीमा एक दिनमा ६० लाख रुपैयाँको कारोबार भएको छ, कहिले काहीँ त ५ लाखको मात्रै पनि हुन्छ’ उनले भने ।

नेपालमा खपत हुने ब्राण्डेड हृवीस्कीको ९० प्रतिशत माग ग्रीन लाइनले पूरा गरिरहेको उनको दाबी छ ।

दसैंका लागि छुट

२० प्रकार हृवीस्की र भोड्कामा प्रति बोतल ५ सय देखि हजार रुपैयाँसम्म छुट दिने सापकोटाले बताए । त्यसैगरी प्रत्येक खरिदमा आकर्षक उपहार रहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment