Comments Add Comment

चट्याङ प्रतिरोधात्मक सोनी ब्राभिया युएचडी टिभी बजारमा

sony new tv (10)

जापानीज टेलिभिजन निर्माता कम्पनी सोनीले नयाँ सिरिजका युएचडी टेलिभिजन नेपाली बजारमा भित्राएको छ । दशैं-तिहारलाई लक्षित गर्दै भित्राइएका टेलिभिजन बुधबार साँझ भव्य समारोहको आयोजना गरी सार्वजनिक गरियो ।

नेपालमा सोनी टेलिभिजन नेपा हिमा ट्रेड लिंकले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सोनी ब्राभिया फोरकेका तीन सिरिज, फुल एचडी टिभीका चार सिरिज र आर सिरिज टिभीका दुई सिरिज नेपाली बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार फोरके एलइडीको एक्स९०००बी मोडल ६५ इन्च र ५५ इन्चमा र एक्स८५००बी मोडल ५५ इन्च र ४९ इन्चमा उपलब्ध रहेको बताइएको छ ।

त्यसैगरि, फुल एचडी टिभीको डब्लु८५०बी मोडल ६० र ७० इन्चमा उपलब्ध छ भने डब्लु८००बी मोडल ५५, ५० र ४२ इन्चमा, डब्लु७००बी मोडल ४२ र ३२ इन्चमा, डब्लु६००बी मोडल ६० र ४० इन्चमा तथा आर४७०बी, आर४२०बी र आर४७२ मोडलमा पनि उपलब्ध भएको कम्पनीले जनाएको छ ।

sony new tv (5)

ब्राभियाको एक्स्ट्र प्रोटेक्सन मोडल भने ४२ र ३२ इन्चमा उपलब्ध रहेको छ ।

सानदार डिजाइन, समयानुकुल परिवर्तन हुने अत्याधुनिक प्रविधि तथा वृहत कार्यशैलीका कारण सोनी विश्वकै अत्याधिक रुचाइएको टिभी हो ।

यी फ्ल्याट स्कि्रन टिभीमा कहिले पनि नदेखिएको वेज स्ट्रक्चर रहेको छ, जसले सबै प्रकारको उत्कृष्ट ध्वनी प्रशारण गर्ने क्षमता राख्दछ । फोरके टिभीमा फोरके एक्स रियालिटि प्रो रहेको छ । जसले दृष्यलाई अझ परिष्कृत गरी सार्प बनाउँछ र कन्ट्राष्ट बढाई टिभी स्कि्रनमा रङ्गहरु स्पष्ट देखिने बनाउँदछ ।

टिभिमा भएको वान फि्लक इन्टरटेनमेन्ट नामक विशेषताका कारण दर्शकहरुले आफुलाई मन पर्ने च्यानल सजिलै परिवर्तन गर्न सक्नेछन् । यो टिभी एक प्रकारले टच प्याड वा स्मार्टफोन चलाएजस्तो हुनेछ ।

यस्तै, ब्राभिया आर३५२बी र आर३०६बी वाहृय क्षति प्रतिरोधात्मक क्षमता रहेको छ । यी टिभीहरुले धुलो, विधुतिय झट्का, चट्याङ्ग र उष्णताबाट हुन सक्ने क्षति रोक्न सक्छन् ।

sony new tv (9)

ब्राभिया आर३५२बी र आर३०६बी टिभीमा भ्यान्टिलेसनको काम गर्ने स-साना प्वालहरु रहेका छन् जसले टिभीलाई तात्न दिँदैन । साथै, यो प्रविधिले टिभीभित्र किराहरु प्रवेश गर्न पनि रोक्दछ ।
कम्पनीका अनुसार यसको बनावटले पनि टिभी भित्र वायु प्रसारण सहज गराउँदछ । यी टिभीहरुमा ९ किलो भोल्टसम्म चट्याङ्गको झट्का सम्हाल्न सक्ने क्षमता भएकाले जस्तो सुकै हुरी बतास वा भारी झरिमा पनि टिभीको आनन्द लिन सकिने छ ।

प्रिन्टेड सर्किट बोर्डमा आद्रतारहित कोटिङ्ग गरेकाले टिभी भित्रका तामाको सर्फहरु उच्च आद्रता भएको ठाउँहरुमा पनि सुरक्षित हुन्छन् ।
sony new tv (2) sony new tv (3)  sony new tv (6) sony new tv (7) sony new tv (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment