Comments Add Comment

सफ्ट टेनिस टोली भोलि कोरिया जाने

soft-tanis-team

९ असोज, काठमाडौं । इन्चोनमा जारी १७ औं एसियाडमा सहभागि हुन नेपाली सफट टेनिस टिम भोलि दक्षिण कोरिया जाने भएको छ ।

एसियाडमा नेपालले २५ खेलमा सहभागिता जनाएको मध्ये सबै भन्दा अन्तिम टिमका रुपमा सफट टेनिस भोलि कोरिया जान लागेको हो । टिममा पुरुषतर्फ कमल बहादुर भन्डारी, मनोज सुब्बा, सोहन धौभडेल, शक्ति शर्मा र अन्जल स्थापित छन् भने महिलामा निरु कायस्थ, एलिजा रन्जीत, निरा कायस्थ, चन्द्रामाया राई र रेखा तुलाधर छन् ।

टोलीमा सफट टेनिस संघका अध्यक्ष विनयबिक्रम शाहको नेतृत्वमा राजेश बोहरा, सन्जय नेपाल र अर्जुन कुमार मैनाली पनि छन् ।

उनीहरुलाई एक समारोहबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले विदाई गर्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका छन् ।
सदस्य सचिव लामाले सफ्ट टेनिसमा नेपालको पदकको सम्भावना रहेको उल्लेख गर्दै राम्रो खेले पदक ल्याउन सकिने बताए ।

नेपाली महिला टिमले सन २०१२ मा भएको सातौं एसियन सफ्ट टेनिस च्याम्पियनसीपमा रजत पदक हात पारेको थियो । नेपालले एकलयुगल, मिश्रति युगल र टिम इभेन्टमा सहभागिता जनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment