Comments Add Comment

क्रिकेटर ध्वनीमाथि फिल्म बन्दै

Dhoniमुम्बई । सुशान्त सिंह राजपूत महेन्द्र सिंह धोनीको भुमिका देखिदैछन् । फिल्मको पहिलो पोष्टर केही पत्रिकामा प्रकाशित भएपछि धोनीमाथी फिल्म बन्न लागेको कुरा पक्का भएको हो ।

फिल्मको निर्देशन नीरज पाण्डेले गर्दैछन् । यसअघि उनले ‘अ वेडनसडे’ र ‘स्पेशल छब्बीस’ जस्ता फिल्म बनाएका थिए ।

धोनीकी श्रीमति साक्षीले ट्वीटरमा लेखेकी छिन् ‘पछिल्लो केही दिनदेखि चलिरहेको अवाफाह अब दुर भएको छ ।’ साथै उनले फिल्मको पोष्टर पनि सार्वजनिक गरेकी छिन् ।

सन २०१५ मा रिलिज गर्ने लक्ष्यका साथ निर्माण गरिएको उक्त फिल्मलाई इन्स्पायर्ड इन्टरटेनमेन्टले बनाउन लागेको हो ।

धोनीमाथि फिल्म चर्चा भए लगत्तै बजारमा विभिन्न हल्ला चलेको थियो । फिल्म बनाउनका लागि धोनीले नीरजसंग ४५ करोड मागेको चर्चा चलेको थियो । अर्को पनि हल्ला चलेको थियो कुनै पनि निर्माताले खेलाडीमाथि जब फिल्म बनाउछन्, तब उ खेलजीबनवाट रिटायर्ड भैसकेेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment