१० असोज, काठमाडौं । एसियाली खेलकुदका लागि दक्षिण कोरिया जान लागेको नेपाली क्रिकेट टोली दुई रात त्रिभुवन विमानस्थलमा अलपत्र परेको छ ।
बुधबार र बिहीबार मध्यराति ३ बजेसम्म विमानस्थलमा विमान कुरेर पनि उनीहरु कोरिया जान पाएनन् । ड्रागन एयरको विमानमा समस्या आएका कारण नेपाली टोली कोरिया उड्न नपाएको हो ।
नेपाली टोली कोरिया जान बुधबार दिउँसो ३ बजे विमानस्थल पुगेका थिए ।
तर, राति ३ बजेसम्म कुर्दा पािन उडान हुन सकेन र बिहीबार विहान ७ बजे आउन भनियो । ‘बिहीबार पनि प्लेन त आयो तर, ल्याण्ड भएकै ठाउँमा अडि्कयो ।
शनिबारको खेल छुट्ने खतरा
आज(शुक्रबार) बिहान राति ३ बजे मात्रै खेलाडीहरुलाई होटलमा ल्याएर राखियो’ क्यानका एक अधिकारीले अनलाइनखबरसँग भने ।
नेपालको खेल शनिबार छ । तर, नेपाली टोली भने कोरिया उड्न नपाएपछि टिममा तनाब देखिएको छ ।
विकल्पको खोजी
अहिले केही खेलाडीलाई मलेसियन र अन्यलाई थाइ एयरबाट कोरिया पठाउने तयारी छ । ‘उनीहरुले विकल्पहरु दिएको छ’ एक अधिकारी भन्छन्-‘शरद भेस्वाकर र शक्ति गौचनलाई मलेसियन एयरबाट पठाउने तयारी छ ।’
अहिलेको तयारी अनुसार नेपाली टोली जान सके शनिबार बिहान स्थानीय समयअनुसार बिहान ६/७ बजे मात्रै कोरिया पुग्नेछन् । लगत्तै नेपालले कुवेतसँग खेल्नेछ ।
तर, उडान हुन नसके नेपाललाई घाटा हुनेछ र कुवेतले वाकओभर पाउनेछ ।