Comments Add Comment

आरिफ र करण प्रशिक्षणका लागि भारत प्रस्थान

१० असोज, काठमाडौं । नेपालका दुई क्रिकेटर प्रशिक्षणका लागि भारत गएका छन् । नेपाल क्रिकेट संघ क्यानले आरिफ शेख र करण केसीलाई भारत पठाएको हो ।

नेपाली क्रिकेट टोलीका अधिकांश सदस्य एसियाडका लागि कोरियामा हुने भएकाले आरिफ र करणलाई भारत पठाइएको क्यानले जनाएको छ ।

आरिफ र करण बैंलोरस्तथित जस्ट क्रिकेट एकेडेमीमा झण्डै १० दिन प्रशिक्षण लिनेछन् । दुबै मलेसियामा अर्को महिना हुने डिभिजन थ्रीका लागि प्रारम्भीक टोलीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment