+
+

छातीमा जमरा उमार्छु भन्दै सुत्नेहरु दैवी हुन् मूर्ख ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १० गते ११:३८

jamara in chest (2)दसैंको पहिलो दिन घटस्थापनामा जमरा राख्ने चलन छ । तर, केही व्यक्तिले आफ्नो छातीमा जमराको टपरी राखेर सुत्ने चलन देखा पर्न थालेको छ ।
कोटेश्वरमा बस्ने मोहनकुमारी चौलागाई आफूलाई दक्षिणकाली माता उत्रेको भन्दै विहीबारदेखि छातीमा जमराको टपरी राखेर आफ्नै घरमा सुतेकी छन् ।

काठमाडौंको भद्रकालीस्थित मन्दिरमा आफूलाई राधाकृष्ण गुरु बताउने अर्का एक पुरुष पनि छातीमा जमरा उमार्ने भन्दै सुतेका छन् । छातीमा जमरा उमार्ने दाबी गरिए पनि छातीमाथि न्यानो सिरानी राखिएको छ र त्यसमाथि टपरी राखिएको छ । मोहन कुमारी पनि न्यानो म्याटमाथि सुतेकी छन् ।

दसैंका बेला आफ्नो छातीमा जमरा उमारेर पुण्य कमाउन खोज्ने यो स्टन्ट नयाँचाँहि होइन । विगतमा पनि यस्ता व्यक्तिहरु यदाकदा फेला पर्दै आएका छन् ।

तपाईको विचारमा यस्तो कार्यलाई कसरी लिँदा उपयुक्त होला ?

१. दू्र्गा माताप्रतिको श्रद्धाका कारण यस्तो कष्ट उठाइएको हुनाले यस्तो कार्य गर्नेहरुलाई हामीले आदर सत्कार गर्नुपर्छ । यस्ता मान्छेमा दैवी शक्ति हुनुपर्छ ।

२. यो उट्पट्याङ र अतिवादी कार्य हो । आफ्नो शरीरलाई यसरी कष्ट पुर्‍याउने कार्यले समाजलाई राम्रो सन्देश दिँदैन ।

३. मलाई त मानिस यसरी ९/१० दिनसम्म लगातार सुत्न सक्छन् भन्ने विश्वासै लाग्दैन । दिउँसो-दिउँसो मात्रै नाटक देखाएको हो कि ? यत्तिका दिनसम्म दिशा-पिसाव आउँदैन ? भोक लाग्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment