Comments Add Comment

डिभिजन थ्रीका लागि पारसको कप्तानीमा नेपाली टीम घोषणा

१० असोज, काठमाडौं । मलेसियामा आगामी महिना हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले शुक्रबार टोलीको घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा सुवास खकुरेल, सदर भेसवाकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी र सोमपाल कामी छन् । सागर पुन, मेहबुब आलम, आरिफ शेख, नरेश बुढायर र अमृत भट्टराई छन् । यस्तै यू-१९ कप्तान भुवन कार्कीले पनि टीममा स्थान बनाएका छन् ।

टोलीका अधिकांश खेलाडी शुक्रबार नै एसियाडका लागि दक्षिण कोरिया गएका छन् ।

एसियाडको टोलीमा नरहेका आरिफ प्रशिक्षकका लागि भारतको बैंङ्गोर गएका छन् । अक्टोबर २३ देखि ३० सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसँगै मलेसिया, सिंगापुर, बर्मुडा, युगाण्डा र अमेरिकाले खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment