Comments Add Comment

मुस्ताङमा उत्पादित ६० प्रतिशत स्याउ बिक्री

१० असोज, पोखरा । मुस्ताङमा यसवर्ष कृषकबाट उत्पादित ६० प्रतिशत स्याउ बिक्री भइसकेको छ ।

जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीका अनुसार अहिलेसम्म करिब २५ करोड रुपैयाँ मूल्य बराबरको स्याउ बिक्री भएको छ ।

Jumli Appleयसवर्ष मुस्ताङमा पाँच हजार मेटि्रकटन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । यो वर्ष जिल्लामा करिब ४० करोड रुपैयाँको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । गत वर्ष जिल्लामा चार हजार मेटि्रकटन स्याउ उत्पादन भएको थियो ।

गत वर्ष करिब २१ करोड रुपैयाँ मूल्यको स्याउ बिक्री भएको थियो । अहिले मुस्ताङमा प्रतिकिलो ८० रुपैयाँमा स्याउ बिक्री हुने गरेको छ । गत वर्षभन्दा यस वर्ष २५ प्रतिशतले स्याउ उत्पादन वृद्धि भएको छ ।

यस वर्ष स्याउ उत्पादनमा वृद्धि हुनुमा हिउँदमा राम्रो हिमपात हुनु, फूलफुल्ने समयमा पानी र तुुसारो नपर्नु, बगैँचा व्यवस्थापनमा सुधार आउनु, मलखादको राम्रो व्यवस्था, बोटबिरुवाको काँटछाँट र रोग नियन्त्रणमा सुधार हुनु मुख्य कारण रहेको वरिष्ठ अधिकृत अधिकारीले बताए ।

जिल्लाका १६ गाविसमध्ये १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । स्याउ बढी उत्पादन हुने गाविसमा टुकुचे, मार्फा, कागवेनी, छुसाङ छन् भने मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा पनि स्याउ उत्पादन हुने गरेको कार्यालयका प्राविधिक हेम शर्मा पोखरेलले जानकारी दिए ।

जिल्लामा ८८३ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील क्षेत्र मानिए पनि यस वर्ष कृषकले ३०० हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए ।

जिल्लामा १६ वटा सहकारी संस्थाले स्याउखेतीको बजार प्रवर्द्धन गर्ने गरेका छन् । जिल्लामा स्याउका बिरुवा उमार्नका लागि नौवटा नर्सरीको स्थापना गरिएको छ ।

यस वर्ष विजया दशमी अगाडि बढेकाले कृषकले भदौको अन्तिम सातातिरबाट स्याउ टिप्न थालेका थिए ।

पोखरा, बागलुङ, म्याग्दी, पर्वतलगायतका व्यापारीहरू कृषकको बगँैचामा गई बोटबाटै ठेक्कामा स्याउ खरिद गरेका छन् । असोजको अन्तिमसम्म सबै स्याउ बिक्री भइसक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस
——-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment