Comments Add Comment

नेपालको प्रदर्शनमा सुधार हुन सकेन

१० असोज, काठमाडौं । इन्चोन एसियाडमा नेपालको प्रदर्शनमा राम्रो सुधार हुन सकेन । शनिबार सम्पन्न बक्सिङ्गको पि्रक्वार्टरफाइनलमा बेन्टम वेट ५६ केजी तौलमा पुरन राई फिलिपिन्सका खेलाडी मारियो फर्नान्डेजसँग ३/० को पराजित भए ।

राईले पहिलो खेलमा साउदी अरेबियाका खेलाडीमाथि जित हासिल गरेका थिए । फिलिपिनी खेलाडी विरुद्ध आक्रामक खेले पनि पुरनले चमत्कार देखाउन सकेनन् । उनी ३०-२७ अंक हासिल गर्दै अंकका. आधारमा पराजित भए ।

भारत्तोलनमा १ सय ५ केजीमाथिको समूहमा गोपालबहादुर श्रेष्ठ तेह्रौं स्थानमा रहे । गोपालले स्न्याचतर्फ एक सय १४ तथा क्लिन एण्ड जर्कतर्फ एक सय ५० गरी दुई सय ६४ किलो उचाले ।

महिलातर्फको ७५ केजी माथिको समूहमा तारादेवी पुन समूहको पुछारमा रहिन् । ताराले स्न्याचतर्फ ६७ तथा क्लिन एण्ड जर्कतर्फ ९४ गरी एक सय ६१ किलो तौल उचालिन् ।

महिला बास्केटबलमा नेपाल हङ्गकङ्गसँग १०४/२८ ले पराजित भयो । प्रिति तुलाचनको १० तथा स्नेहा श्रेष्ठको ९ स्कोर रह्यो । नेपाल पहिलो खेलमा पराजित भएको थियो भने कतारबाट वाकओभर पाएको थियो । समूह चरणबाट बाहिरिइसकेको नेपालले अन्तिम खेल शनिबार बलियो प्रतिद्धन्द्धी मंगोलियासँग खेल्दैछ ।

आर्चरीमा पनि फितलो पर्दशन

आर्चरीमा पनि नेपालको फितलो प्रर्दशन भएको छ । पुरुषको रिकर्भ टिम ईलिमिनेसन प्रतियोगितामा मलेसियासँग ३-१ले पराजित भएको छ । त्यस्तै महिला तर्फको खेलमा पनि चाईनिज ताईपेईसँग ६-०को पराजय भोग्न वाध्य भयो ।

यसैगरी पुरुष एकलमा रमेश भट्टचनले साउदी अरेबियाका खेलाडीसँग, जितबहादुर मोक्तानले कुवेती खेलाडीसँग, आइसा तामाङ्गले चाइनिज खेलाडीसंँग तथा मोनिका रानामगरले अर्की चाइनिज खेलाडीसँग हार ब्यहोरेका छन् ।

यता, गल्फमा दिनेश प्रजापति, तासि छिरिङ्ग, विष्णुप्रसाद शर्मा र ताराबहादुर कार्कीले औसत प्रदर्शन गरेका छन् । साथै टेनिसको महिला डबल्सतर्फ नेपालले उज्वेकिस्तानसंग २-०को हार ब्यहोरेकोछ । यसअघिका प्रतिस्पर्धामा नेपाल पराजित भइसकेको छ ।

सोफियाको प्रदर्शन सामान्य

राष्ट्रिय पौडी प्रतियोगितामा राज गर्न सफल भएकी सोफिया शाह आफ्नो समयमा उल्लेखनिय सुधार गर्ने लक्ष्यका साथ कोरिया आएकी थिइन् ।

तर उनले आफ्नो लक्षलाई एशियन प्रतियोगितामा पुरा गर्न सकिनन् । शनिबार सम्पन्न ५० मिटर पि|m स्टायलमा उनले ३१.७२ सेकेन्डमा दुरी पुरा गर्न सफल भईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment