Comments Add Comment

इभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो

Everton

११ असोज, काठमाडौं । डिफेण्डर फिल जागिएल्काले खेलको अतिरिक्त समयमा गरेको गोलको मदतमा इभर्टनले लिभरपुललाई बराबरीमा रोकेको छ ।

इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा इभर्टनले लिभरपुललाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले ६५ औं मिनेटमा अग्रता लिएको थियो । कप्तान स्टफेन जेरार्डले फि्रकिकमा गोल गरेका थिए ।

लगतै मारियो बालोटेलीको प्रहार बारमा लगेको थियो । तर, अतिरिक्त समयमा जागिएल्काले करिव ३० यार्ड टाढाबाट भली गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment