Comments Add Comment

तिलकराम एसियाडमा दौडिन पाएनन्

११ असोज, इन्चोन । समयमै कोरिया आइनपुग्दा नेपाली एथलेटिक्स तिलकराम थारुले खेल गुमाएका छन् । अन्य खेलाडीले भने सिधै सिधै ट्रयाकमा उत्रिएका थिए ।

ड्रागन एयरले खेलाडीहरुलाई दक्षिण कोरिया ल्याउन नसकेपछि एथलेटिक्स खेलाडीहरु समस्यामा परेका हुन् । चार सय मिटर दौडमा तिलकराम थारु हङ्गकङ्गबाट आउन नसक्दा सहभागी हुन पाएनन् ।

एक सय मिटर दौडमा यामसाजन सुनारले ११ दशमलव ४३ सेकेन्डमा दूरी पूरा गरे । यामसाजन हिट चरणमा अन्तिम स्थानमा रहे । चार सय मिटर महिलातर्फ दिलमाया कार्कीले निर्धारित दूरी एक मिनेट शुन्य दशमलव शुन्य तीन सेकेन्डमा पूरा गरिन् ।

पाँच हजार मिटर पुरुषतर्फ हरिकुमार रिमालले १४ दशमलव ५७ दशमलव ५८ मिनेटमा तथा गोपीचन्द्र पार्कीले १४ दशमलव ५७ दशमलव ७५ सेकेन्डमा पूरा गरे । खेल सुरु गर्नुअघि वान्ता गरेकी कान्छीमाया कोजुले दश हजार मिटर दौडमा सहभागिता नै जनाउन सकिनन् । आइतबार बिहान हरिकुमार रिमालले १५ सय मिटर दौडमा खेल्ने कार्यक्रम छ ।

यता, टेवलटेनिसको पुरुष टिमका खेलाडीहरु समयमै नआइपुग्दा आयोजकले पहिलो दिन प्रतिस्पर्धीहरु दक्षिण कोरिया र भारतलाई वाकओभर दिएको छ । सुरुमा अम्पायरले नेपाललाई अयोग्य घोषित गरेको जनाएपनि पछि भने निर्णयमा परिमार्जन गरेको थियो ।

आइतबार भने नेपाली पुरुष टिमले कुवेतसँग खेल्ने कार्यक्रम छ ।

बक्सिङ्गमा नेपालले तीन स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । प्रिक्वार्टरफाइनलमा महिला फ्लाइ वेट ५१ केजी मुनी समूहमा मिनु गुरुङ्गले मंगोलियन खेलाडीसँग, पुरुष फ्लाई ५२ केजी समूहमा प्रेम चौधरीले भारतीय खेलाडीसँग तथा पुरुष वेल्टर ६९ केजी तौल समूहमा दिपेश लामाले उज्वेकिस्तानका खेलाडीसँग पराजय बेहोरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment