Comments Add Comment

नेयमारको ह्याट्रिक, मेस्सीको ४०१ औं गोल

Messi and Neymar

११ असोज, काठमाडौं । नेयमारको ह्याट्रिकको मदतमा बार्सिलोनाले ला लिगा फुटबलमा गर्नाडालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गर्नाडालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । ४३ औं मिनेटमा राकिटिकले गोल गरे भने ४५ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३–० ले अगाडि रह्यो ।

दोस्रो आफको ६२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे । ६६ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै नेयमारले ह्याट्रिक पूरा गरे ।

८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ६–० ले विजयी भयो । बार्सिलोनाका लागि मेस्सीको यो ४०१ औं गोल हो ।

Lionel Messi was in his usual imperious form, crossing for Ivan Rakitic's goal just before the half-time break

अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको छ भने रियल मड्रिडले भिल्लारियललाई २–० ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment