Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा बिजनेश खबर

आइतबार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुलाई प्रमुख खबर बनाएका छन् ।

कारोबार दैनिकले ‘दसैंमा मात्रै एक चौथाइ रेमिट्यान्स’ शीर्षकमा मुख्य खबर छापेको छ । दसैंमा रेमिट्यान्स आप्रवाह करिब २६ प्रतिशतले बढेको छ । विदेश गएकाले घर खर्चका लागि परिवारलाई दसैंमा बढी खर्च पठाउँने भएकाले यतिबेला रेमिट्यान्स आप्रवाह बढ्छ ।

यस्तै, भारतद्वारा पीटीए अनुमोदन, सम्भाब्य आयोजनामा लगानी जुटाउने तयारी, म्याद नाघेको औषधी बेच्ने मौका बन्यो दसैं, राजमार्गको होटललाई एक हप्ते चेतावनी, मेलम्चीको काम दसैं-तिहारमा पनि, उकालो लाग्दै सुनको भाउ, साताभर नेप्से १२ अंकले बढ्यो, खाद्य संस्थानमा चामल अभाव लगायतका खबर कारोबार दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले इपीएस भाषा परीक्षामा ५४ जना नक्कली परीक्षार्थी पक्राउ परेको खबरलाई मुख्य खबर बनाएको छ । परीक्षामा ३३ सय १२ जना आवेदक अनुपस्थित भए ।

यस्तै, चुक्तापुँजी नपुर्याउने बिमा कम्पनीले नगद लाभांश बाँड्न नपाउने, टेलिकम प्राविधिक कर्मचारीको आन्दोलन स्थगित, सेयर बजारमा सुधार, गिट्टी, ढुंगा, बालुवा बिक्री सुरु, खाद्यले अझै खसीबोका भित्रयाउन सकेन, दसैंताका दैनिक ३५ सय हवाई यात्रु काठमाडौंबाहिर लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

आर्थिक दैनिकले ‘टेलिकमका प्रबन्धनिर्देशकको कार्यकाल घटाइने सम्झौता’ शीर्षकमा मुख्य खबर छापेको छ । प्रबन्धनिर्देशकमा गैरप्राविधिक ब्यक्तिलार्य नियुक्त गरेको भन्दै आन्दोलनरत कमृचारी र ब्यवस्थापनबीच १२ बुँदे सम्झोता भएपछि विगत २२ दिनदेखिको कर्मचारी आन्दोलन अन्त्य भएको छ ।

यस्तै, करमुक्त र कोटामुक्त बजार पहुँचको प्रावधान तत्काल कार्यान्वयन गर्न आहृवान, कलंकीमा अवैध बसपार्क, पाँचौं कोरियाली भाषा परीक्षामा ५८ हजार नौ सय ११ जना सहभागी, खाद्य संस्थानले खसी ल्याउन सकेन, सात लाख कित्ता थप सेयर नेप्सेमा सूचीकृतलगायतका खबर आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले ‘चमेलियामा भेरिएसनै भेरिएसन’ शीर्षकमा मुख्य खबर छापेको छ । चमेलिया जलविद्युत आयोजनाको साढे आठ अर्बको परियोजनामा थप लागत -भेरिएसन) मात्रै ६ अर्ब ५७ करोड रुपैंयाँ पुगेको छ ।

यस्तै, नेपाल टेलिकममा विरोध स्थगित, चाडपवलक्षित ४० प्रतिशत सामान खासा गोदाममै, बाग्लुङ्मा दैनिक १० करोड रेमिट्यान्स, मोबाइलमा दसैं अफरलगायतका खबर नागरिक दैनिकमा छ ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment