Comments Add Comment

युनाइटेडको दोस्रो जित, रुनीले रातो कार्ड पाए

Rooney red card

१२ असोज, काठमाडौं । म्याचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ । तर, तर, वाइन रुनीले रातो कार्ड पाएका छन् ।

शनिबार राति भएको खेलमा युनाइटेडले वेष्टह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान वल्र्ड ट्राफडमा भएको युनाइटेडले पाँचौं मिनेटमा रुनीको गोलबाट अग्रता लिएको थियो । रुनीले फल्काओको पासमा गोल गरे ।

खेलको २२ औं मिनेटमा रोविन भानपर्सीले घरेलु टोलीको अग्रता दोब्बर पारे । युनाइटेडका लागि भानर्सीको यो ५० औं गोल हो ।

तर, खेलको ३७ औं मिनेटमा वेष्टह्यामका सखोले गोल गरे ।

खेलको ५९ औं मिनेटमा युनाइटेडका स्ट्राइकर रुनीले रातो कार्ड पाए । वेष्टह्यामका डाइनिङलाई फल गरेकोमा उनले रातो कार्ड पाएका हुन् । रुनीले करियरमा छैटौं पटक रातो कार्ड पाएका हुन् ।

खेलमा थप गोल हुन सकेन । युनाइटेडले २–१ को जित हात पारेको छ ।

खेलपछि युनाइटेडका प्रशिक्षक लुइस भानहालले रुनीलाई रातो कार्ड दिने रेफ्रीको निर्णय सही भएको बताएका छन् ।

रुनीले अब तीन खेल गुमाउनेछन्, जसमा एक चेल्सीविरुद्धको खेल समेत पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment