Comments Add Comment

जापानको उएनो पार्कमा नेपाल फेष्टिबल

nepal festivsal-1
टोकियो ।
जापानमा प्रत्येक वर्ष आयोजना गरिदै आएको  नेपाल फेष्टिबल यसवर्ष एनआरएन जापानको आयोजनामा टोक्योस्थित केन्द्रमा रहेको उएनो पार्कमा सम्पन्न भएको छ ।

सेप्टेम्बर २० र २१ गरि दुई दिन आयोजना गरिएको  फेष्टिबलको पहिलो दिन औपचारिक उद्घाटन समारोहमा एनआरएनको क्षेत्रीय सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।nepal festival 4

सम्मेलनका बिशिष्ट पाहुनाहरुलाई पञ्चेबाजाका साथ कार्यक्रम स्थलमा स्वागत गरिएको थियो । फेष्टिबलको उद्घाटन एनआरएन आइसीसी अध्यक्ष शेष घले, सस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने, एनआरएनए उपाध्यक्ष एवम् सम्मेलन आयोजक समिति संयोजक भवन भट्ट, जापानी कलाकार एबम फेष्टिबल ब्रान्ड एम्बष्टर सियोया सियोन, प्रमुख अतिथि जापानका लागि महामहिम राजदूत डा मदनकुमार भट्टराई र एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले सयुंक्त रुपमा रिवन काटेर गरेका थिए ।

नेपाली कला, सस्कृतिको संरक्षण र प्रबर्धन गर्दै जापानी समुदायमा नेपालको चिनारी गराउने उधेश्यले आयोजना गरिएको फेष्टिबलमा जापानीज नागरिकहरुको उत्साह जनक सहभागिता रहेको थियो ।

nepal festival 3

समारोहमा एनआरएनका सस्थापक उपेन्द्र महतो र एनआरएन जापानका संस्थापक राजन प्रधानाङ्गले  नेपाललाई जापानिज समुदायमा चिनाउने कार्यमा अतुलनीय सहयोग गर्दै आएका जापानिज नागरिकहरु युको ओकामोतो मल्ल, कोतारो मोरी, डा हिरोआकी कोबयासी, कियोहिको मोचिजुकीलार्इ एनआरएन जापानको मानार्थ सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली खानाका परिकारका साथै नेपाली कला र संस्कृति झल्कने बिभिन्न स्टलहरु राखिएका  थिए । नेपाली पञ्चेबाजा, नेपाली खानाका स्टल र नेपाली गार्मेन्टका स्टलहरुसहित ५१ वटा स्टल थिए । यसैगरि फेष्टिबल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा एनआरएन अध्यक्ष पारसमणि पोखरेलले धन्यवाद ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment