Comments Add Comment

करिश्मालाई ‘सदाबहार नायिका’को उपाधी

karisma-manandhar

नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले ‘सदाबहार नायिका’को उपाधीबाट सम्मान गर्ने भएको छ । हङकङमा आयोजना हुन लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’को अवसरमा करिश्मालाई यो उपाधी दिन लागिएको हो ।

नेपाली सिने क्षेत्रमा विगत २५ बर्षदेखि निरन्तर सक्रिय करिश्मालाई सुन्दर नायिका पनि भनिन्छ । सधै उस्तै चमकताले गर्दा करिश्मालाई लोकपि्रय बनाएको छ । यसअघि चलचित्र प्राविधिक संघले राजेश हमाललाई महानायक र निर शाहलाई अभिनय शिरोमणीको उपाधीबाट सम्मान गरेको थियो ।

कात्तिक ३ गते हङकङको बीपी इन्टरनेशनल होटलमा नेफ्टा अवार्ड हुँदैछ । नेपालबाट निर्माता सुनिल कुमार थापाको एस.के प्रोडक्शनसँगको सहकार्यमा नेफ्टाले दोश्रो पटक विदेशमा अवार्डको आयोजना गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment