Comments Add Comment

गभर्नरले भने- निक्षेपको व्याजदर विवेकपूर्ण समायोजन गर्नुहोस्

Sangrila-Bikash-Bank-Baluwatar-Branch-2

१२ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई निक्षेपको व्याजदर विवेकपूर्ण समायोजन गर्न आग्रह गरेका छन् ।

विगतमा अधिक तरलताका कारण अत्यन्तै कममात्र ब्याज दिँदै आएका बैंक तथा वित्तीय संस्थाले अब निक्षेपको व्याजदर बढाउनुपर्ने खतिवडाको भनाई थियो ।

आइतबार सांगि्रला डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयको उदघाटन गर्दै खतिवडाले भने- ‘जति व्याज दिएपनि निक्षेपकर्ताले हामीकहाँ नै जम्मा गर्ने हो भनेर बस्नुभयो भने निक्षेप बाहिरिन सक्छ । त्यसैले निक्षेपको व्याजदर विवेकपूर्ण समायोजन गर्नुहोस ।’

खतिवडा गभर्नर नियुक्त हुने वित्तिकै चार वर्षअघि पनि बैंकहरुलाई व्याजदर बढाउन आग्रह गरेका थिए । अत्यन्तै कम व्याजदर दिँदा निक्षेपकर्ताले बैंकका रकम जम्मा नगर्नेप्रति सचेत रहन खतिवडाले आग्रह गरे ।

वाणिज्य बैंक पुग्न नसकेको ठाउँमा र लघुवित्तले सेवा दिएर उद्यमी बनाइसकेका ग्रामीण क्षेत्रका मझौला उद्योग तथा वर्गलाई विकास बैंकले समेट्नुपर्ने खतिवडाले बताए ।

Sangrila-Bikash-Bank-Baluwatar-Branch

‘विकास बैंकहरुले दरबारमार्ग, बालुवाटार, रत्नपार्क र बानेश्वरमा होइन संभावना खोज्न त्यसभन्दा पर जानुपर्छ’ उनले भने ।

आर्थिक वृद्धिका लागि वित्तीय सेवा अनिवार्य भएको बताउँदै आर्थिक वृद्धिलाई प्रत्यक्ष सहयोग पुग्ने क्षेत्रमा लगानी गर्न बैंकहरुलाई आग्रह गरे ।

‘हामीले पहिले उदारनीति अन्तर्गत रहेर बैंक वित्तीय संस्थालाई इजाजत दिँदा जे सोचेका थियौं त्यसअनुसार वित्तीय संस्थाहरु अघि बढेनन’ उनले भने- ‘त्यसैले रणनीति परिवर्तन गरेका छौं । समावेसी वित्तीय सेवा हाम्रो एजेण्डा हो ।’

बैंक तथा वित्तीय संस्थाहरुलाई समस्या नलुकाउन खतिवडाको आग्रह छ । ‘समस्या आफैं सिर्जना गर्ने, लुकाउने अनि अन्तिम समयमा राष्ट्र बैंक आएर हात उठाउने गर्नुभयो भने हामी सहयोग गर्न सक्दैनौं’ उनले भने- ‘बजार र अर्थतन्त्रलगायतका कारणले उत्पन्न भएको समस्या तपाईहरुको मात्रै नभएर राष्ट्र बैंकको पनि हो । त्यस्तो अवस्थामा हामी सहयोग गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment