Comments Add Comment

भेडाच्याङ्ग्राको मूल्य बढ्यो

Veda
फाइल फाेट/अनलाइनखबर

१२ असोज, म्याग्दी । महान् पर्व दसैँलाई लक्षित गरी बजारमा बिक्री-वितरणका लागि ल्याइएका भेडाच्याङ्ग्राको मूल्य बढेपछि सर्वसाधारण मर्कामा परेका छन् ।

मुगु, डोल्पा र तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै म्याग्दी ल्याइएका भेडाच्याङ्ग्राको मूल्य आकासिएको छ । गत वर्ष रु आठ हजारमा बिक्री हुने च्याङ्ग्री -रोमा)को मूल्य अहिले रु ११ हजार र बढीमा रु १८ हजारसम्ममा बिक्री हुनेे च्याङ्ग्राको मूल्य रु २५ हजार पुगेको बेनीमा भेडाच्याङ्ग्रा बिक्री गर्न आएका पदमबहादुर पुनले बताए ।

तिब्बत र मुस्ताङबाट बाहिर निर्यात हुने भेडाच्याङ्ग्रा जोमसोमबाट खरिद गर्दा गत वर्षको तुलनामा प्रतिगोटा रु तीन हजारसम्म बढी मूल्य तिर्नु परेको अर्का व्यापारी परवीर पुनले जानकारी दिए ।

शुक्रबारसम्म मुस्ताङको जोमसोमबाट १४ हजार भेडाच्याङ्ग्रा बाहिरिएको र प्रतिगोटामा रु तीन हजारदेखि चार हजारसम्म मूल्य बढेको पाइएको पशु सेवा कार्यालय मुस्ताङका नायब पशु प्राविधिक बद्रीप्रसाद पौडेलले बताए ।

दसैँका लागि बेनीमा च्याङ्ग्रा किन्न लागेका रमेश खड्काले विगतका वर्षमा भन्दा भेडाच्याङ्ग्रा धेरै महँगो भएको जानकारी दिए । मुस्ताङबाट यो वर्ष करिब २० हजार भेडाच्याङ्ग्रा बजारमा भित्रिने अनुमान गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment