Comments Add Comment

छैसठ्ठी लघु उद्योगमा छत्तीस लाख अनुदान

१२ असोज, बागलुङ । लघुजलविद्युत् आयोजना बनेका क्षेत्रमा उत्पादनमूलक ऊर्जा प्रयोग कार्यक्रम सुरु भएपछि लघु तथा साना उद्योग खोल्ने क्रम पनि बढेको छ ।

आयोजनाबाट निस्कने ऊर्जाको प्रयोग गरी उद्योग सञ्चालन गर्दा अनुदान पाइने भएपछि उद्यमीसमेत आकषिर्त बनेका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत उत्पादनमूलक ऊर्जा प्रयोग कार्यक्रम लागू भएका पश्चिमाञ्चलका विभिन्न छ जिल्लामा हालसम्म ६६ वटा लघु तथा साना उद्योग सञ्चालनमा आएका छन् ।

पश्चिमाञ्चलका बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, पाल्पा र गुल्मी जिल्लामा ती उद्योग सञ्चालनमा रहेको कार्यक्रमको क्षेत्रीय सेवा केन्द्र धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले जनाएको छ ।

लघुजलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मात्र यो कार्यक्रम लागू गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साना तथा व्यक्तिगत उद्योग सञ्चालन गर्नेलाई एक लाखसम्म अनुदान सहयोग दिने गरेको छ ।

सामुदायिक स्वामित्वका उद्योगमा भने तीन लाखसम्म अनुदान दिने व्यवस्था छ । त्यस्ता उद्योगमा सातजना भन्दा बढीको समूह आबद्ध हुनुपर्ने प्रावधान रहेको जनाइएको छ ।

सामुदायिकस्तरका दुईवटा उद्योगलाई तीन/तीन लाख अनुदान दिइएको डिसिआरडिसीले जनाएको छ । जसमा बागलुङको सिमलचौर पम्पिङ आयोजना र कास्की घान्द्रुकको शुद्ध खानेपानी आयोजना छन् ।

लघु तथा साना उद्योगमा हालसम्म ३६ लाख ३९ हजार ५६१ अनुदान प्रदान गरिएको डिसिआरडिसीका अध्यक्ष ईश्वरलाल राजभण्डारीले बताए ।

त्यस्तै, विभिन्न क्षेत्रमा आयआर्जन क्रियाकलाप पनि चलेका छन् । सोही कार्यक्रमअन्तर्गत एक सय घरमा आयआर्जन क्रियाकलाप सञ्चालन भएको छ । आयआर्जन क्रियाकलाप गर्नेले पनि १० हजारका दरले अनुदान पाउने गरेका छन् ।

विपन्न, गरिब, अल्पसङ्ख्यक, अपाङ्ग व्यक्तिले अतिरिक्त अनुदान पाउने व्यवस्था छ । कार्यक्रम सुरु भएको एक वर्षमै उत्पादनमूलक क्षेत्रमा ऊर्जाको प्रयोग वृद्धि भएको पाइएको छ । ६६ वटा उद्योगमध्ये ४२ साना र २४ वटा लघु उद्योग सञ्चालनमा आएको कार्यक्रमका व्यवसाय प्रवर्द्धन अधिकृत ज्ञानबहादुर थापाले बताए ।

४४ वटा नयाँ र २२ वटा पुराना उद्योगमा आधुनिक प्रविधि जडानसहित स्तरवृद्धि गरिएको अधिकृत थापाले जानकारी दिए । जसमध्ये बागलुङमा साना १३, लघु नौ, म्याग्दीमा साना १२, लघु तीन, कास्कीमा साना ११, लघु एक, स्याङ्जामा साना तीन, लघु चार, पाल्पामा साना दुई, लघु चार, गुल्मीमा साना एक र लघु तीन गरी कुल ६६ वटा उद्योग सञ्चालनमा रहेका छन् ।

सञ्चालित उद्योगमा गि्रल, पाउरोटी, अगरबत्ती, चाउमिन, फर्निचर, ब्लक, लघुउद्यम, चाउचाउदेखि प|mेस हाउस, फोटो स्टुडियो, राइस मिल, कुटानी-पिसानी मिल, टेलरिङ सेन्टरलगायत छन् ।

यी उद्योगमा आश्रति परिवार तथा समुदायका व्यक्तिले रोजगारी पाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment