Comments Add Comment

यसरी बन्दैछ मंगलग्रहमा शहर बसाउने योजना

house-in-mangal-graha

मंगलग्रहमा बस्ती बसाल्ने सुरुवात सायद हाम्रो अनुमानभन्दा पहिले हुन सक्छ । आर्किटेक्ट एलन मस्कको योजना छ कि, मंगलग्रहमा पूरा शहर नै बनाउने ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०३५ सम्म मंगलग्रहमा मानिसलाई पठाउन चाहन्छ । मार्स वान मिसनले पनि मानिस पठाउने योजना बनाएको छ ।

तर, मंगलग्रहमा बस्ती बसाल्नु निकै महत्वकांक्षी योजना हो । साउथ क्यालिफोर्नियाको विटर्बी स्कुल अफ इन्जिनियरिङसँग जोडिएका डा. बेहरोख खोशनेविस भन्छन्-‘ईंटा जस्तो एक किलोग्राम सामाग्री चन्द्रमा वा अन्य ग्रहमा लैजाने एकदेखि २ लाख डलर लाग्छ ।’

नासासँग यस्तो प्रविधिबारे काम गर्ने उनी भन्छन्-‘जब तपाई चन्द्रमा वा मंगलग्रहमा घर बसाउने कुरा सोच्नुहुन्छ भने तपाईले त्यहाँ भएको सामाग्री प्रयोग गरेर नै घर बनाउने तरिका अपनाउनुपर्छ ।’

निर्माण प्रविधि कन्टुर क्राफि्टङको पछाडि डा. खोशनेविसको नै दिमाग थियो ।

यो प्रविधिमार्फत एक विशाल रोबोटिक प्रिन्टरको प्रयोग गरेर पत्र पत्र बनाउन सकिन्छ । यो प्रविधि मंगल ग्रहमा मात्र होइन, पृथ्वीमा घर बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

कोंटूर क्राफ़्टिंग

कन्टुर क्राफि्टङ प्रिन्टिङ सिधा र लहरदार दुबै प्रकारको बनाउन सकिन्छ । यसबाट बनेको पर्खाल समान्य पर्खालभन्दा तीन गुणा बलियो हुन्छ ।

खोशनेविस यस्तो निर्माण प्रविधि बजारमा छिट्टै आउने सम्भावना रहेको बताउँछन् । जहाँ छिटोसँगै सस्तो, सुरक्षित आवासको माग हुनेछ ।

यदि तपाई आफ्नो घर बनाउन कन्टुर क्राफ्टरको प्रयोग गर्न सक्नु हुन्न भने विकीहाउस प्रोजेक्टबाट निशुल्क थ्री डी पि्रन्टिङबाट बनेको घर डिजाइन डाउनलोड गर्न सक्नुहुनेछ । तपाई आफ्नो घर छोटो समयमा बनाउन सक्नुहुन्छ र लागत पनि कम हुन्छ ।

-बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment