Comments Add Comment

दशैंमा कुमारी बैंकका ६ नयाँ शाखा सञ्चालनमा

१२ असोज, काठमाडौं । कुमारी बैंकले दशैंको अवसर पारेर ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रका जनतालाई बैंकिङ सेवा पुर्‍याउने उद्देश्यसहित kumari-bank६ शाखाहरु सन्चालनमा ल्याएको छ ।

बैंकले सल्यानकोे कपुरकोट, रुकुमको मुसिकोट, बााकेको कोहलपुर, बाराको निजगढ, धनुषाको महेन्द्रनगर र ओखलढुंगामा नयाँ शाखा विस्तार गरेको हो । तीन शाखा दुर्गम पहाडी जिल्लामा रहेका छन् भने तीन शाखा तराइका ग्रामीण क्षेत्रमा छन् ।

नयाा शाखा विस्तारसँगै कुमारीका शाखा संख्या ३४ पुगेका छन् । यसका साथै बैंकका २ एक्स्टेन्सन काउन्टर तथा ४० एटीएम काउन्टर पनि सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment