Comments Add Comment

प्रधानमन्त्रीले सोधे-संविधान जलाएर के हुन्छ ?

Susil-koirala-in-Newyork

११ असोज, न्यूयोर्क । प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासको पक्षमा बन्दै गरेको वातावरणलाई नविगार्न आग्रह गरेका छन् ।

न्यूयोर्कको क्वीन्समा गैरआवासीय नेपालीहरुसँगको अन्तरक्रिया कार्यक्रममा कोइरालाले भने- संविधान जलाएर के हुन्छ ? माग पूरा हुन्छ ? संविधान नजलाउने स्थितिको पो सिर्जना गर्नुपर्यो । उत्तेजित भएर बनिरहेको राम्रो माहोल नविगारौं ।’

पानी वगिरहेको छ । डलर बगिरहेको छ । हामी गरिबीले थिचिरहेका छौं । अब हाम्रा प्राकृतिक स्रोतकेा उपयोग गरौं- प्रधानमन्त्री

म नेपालमा भन्दा अमेरिकामा उग्रता देखिएको भन्दै कोइरालाले सर्वस्वीकार्य संविधान निर्माणका लागि सबै दलहरु चिन्तित रहेको बताए ।  अब मुलुकले द्वन्द्व र विध्वंस धान्न नसक्ने भन्दै उनले भने-‘यसले नेपाल बन्दैन, कसैको हक अधिकार रहँदैन, हामी तरबारको धारमा छौं ।’

संविधान बन्दैन कि भन्दै गरिएको आशंकालाई फजूल भन्दै प्रधानमन्त्री कोइरालाले आफूलाई विश्वास गर्न आग्रह गरे ।

जलस्रोतमा धनी भनेर थोत्रो गर्व गरेर मात्र काम नलाग्ने भन्दै उनले भने-‘पानी वगिरहेको छ । डलर बगिरहेको छ । हामी गरिबीले थिचिरहेका छौं । हाम्रा प्राकृतिक स्रोतकेा उपयोग गरौं । जलस्रोत, कृषि र पर्यटनको विकास गरौं ।’
आपसी झगडा र कलहले ऊर्जा क्षय भएको भन्दै प्रधानमन्त्री कोइरालाले भने-‘धेरै दुःख पायौं । नकारात्मक कुराले केही प्रतिफल पाइँदैन ।’

नेपाल बाहिर बस्ने हरेक नेपाली नेपालको राजदूत भएको स्मरण गराउँदै कोइरालाले आफ्ना सम्पर्कमा आएका लगानीकर्तालाई, जलविद्युत, पूर्वाधार, कृषि पर्यटन जुनसुकै क्षेत्रमा लगानीका लागि नेपाल ल्याउन पनि आग्रह गरेका छन् ।

८/१० बर्षमा मुुुलुकको कायापलट हुने दावी गर्दै कोइरालाले भने-‘म हात जोडेर अनुरोध गर्दछु बन्न लागेको बातावरणलाई सकारात्मक रुपमा लैजाऔं उन्नतिको बारेमा सोचौं । लोकतान्त्रिक संविधानका बारेमा सोचौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment