Comments Add Comment

आमरण अनशन तोड्न सीके राउतलाई आग्रह

११ असोज, काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रहरी हिरासतमा रहेका सीके राउतलाई आमरण अनशन तोड्न आग्रह गरेका छन् । साथै अनसन स्थगित गर्ने वातावरण बनाउन सरकार जिम्मेवार हुनु पर्ने उनीहरुले बताएका छन् ।

सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट
सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट

पद्मरत्न तुलाधर, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर लगायतका नागरिक समाजका अगुवा एवं बुद्धिजिवीले संयुक्त अपील जारी गर्दै राउतका उचित माग सम्बोधन गर्दै सहमत वातावरण बनाउन आग्रह गरिएको छ । अपीलमा झलक सुवेदी, राजेन्द्र महर्जन, हरि रोका, कृष्ण भट्टचन, विरेन्द्र मिश्र, युग पाठक, विजयकान्त कर्ण, तुलानारायण साह, दिपेन्द्र झाको पनि नाम छ ।

अपीलमा भनिएको छ-‘राज्यले सहज वातापरण निर्माण गर्न तत्परता नदेखाएका कारण सीके राउतको अनशन लम्बिँदै जाने सम्भावना छ । अनशन जारी रहँदा उनको स्वास्थ्य विग्रने र कुनै दुर्घटना हुन सक्ने भएकाले राउतलाई अन्य उपाय अपनाउँदै आफ्ना राख्न आहृवान गर्दछौं ।’

पक्राउ परेपछि राउतलाई आफन्त र साथीभाइसँग भेट्न नदिएकेा र थुनामा मानसिक यातना दिएको आरोप लगाइएको छ ।

आफूमाथि दुर्व्यवहार भएको र आफ्ना माग पूरा हुनु पर्ने भन्दै राउतले आमरण अनशन थालेका छन् । मधेसलार्इ नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाएको आरोपमा राउत तीन साता अघि मोरङको रंगेलीबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment