Comments Add Comment

हेलो सरकार दसैं बिदामा पनि खुल्ने

१२ असोज, काठमाडौं । सरकारले दसैंको बिदाको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सरकारका मन्त्रालयमा आइपर्ने आकस्मिक कामकारबाहीका लागि आवश्यक व्यवस्था गरेको छ ।

गत वर्षजस्तै यस वर्षको दसँै बिदाको अवधिभर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्ष २४ सै घन्टा खुल्ने व्यवस्था मिलाइएको कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले जानकारी दिए ।

उक्त अवधिमा सर्वसाधारणको गुनासो एवम् उजुरी भएमा हेलो सरकार कक्षको फोन नं ११११ मा फोन तथा एसएमएस, ११०० मा फ्याक्स र [email protected] मा इमेलमार्फत उजुरी गर्न सकिने र प्राप्त उजुरी तथा गुनासोलाई तत्काल सम्बोधन गरिने कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment