Comments Add Comment

इजरायली धर्मगुरु छुटाउन न्युयोर्कबाट प्रधानमन्त्रीको फोन

Susil-koirala१३ असोज, काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले थुनामा परेका इजरायली धर्मगुरु चेजाई लिस्पिजलाई छुटाउन फोनबाट निर्देशन दिएका छन् । आफ्ना धर्मगुरुलाई दुःख दिएको भन्दै इजरायली अधिकारीले विरोध गरेपछि छुटाउन कोइरालाले कार्याबाहक प्रधानमन्त्री बामदेव गौतमलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि अध्यागमन विभागले नियम मिचेर धर्मगुरुलाई शुक्रबार रिहा गरेको छ । अदालतमा म्याद थप गरी थुनामा राखेको व्यक्तिलाई मुद्दा दायरपछि अदालतको आदेशमा मात्र छोड्न सकिनेमा विभागले कूटनीतिक कारण देखाउँदै छाडेको नयाँ पत्रिकामा खबर छ ।

अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले कूटनीतिक सम्बन्धलाई ख्यालमा राखी धर्मगुरुलाई थुनामुक्त गरिएको बताए । ‘परराष्ट्र मन्त्रालयले नै उनलाई छाडिदिन पत्राचार गरेपछि हामीले दुई देशबीचको सम्बन्धलाई ख्यालमा राखी उनलाई थुनामुक्त गरेर कारबाही अघि बढाउने निर्णय गरेका हौं,’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment