Comments Add Comment

युवावस्थामै कोलेस्टेरोल र प्रेसर !

१३ असोज, काठमाडौं । मुटुरोगको प्रमुख कारण मानिने रगतमा अत्यधिक चिल्लो -कोलेस्टेरोल) र उच्च रक्तचापको समस्या सहरका आधाभन्दा बढी वयस्क तथा युवामा पाइएको छ ।

नेपाल हृदयरोग सचेतना केन्द्रले १८ देखि ४० वर्ष उमेरका वयस्कमा गरेको प्रयोगशाला परीक्षणसहितको सर्वेक्षणमा ५८ प्रतिशतमा उच्च कोलेस्टोर र २८ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ । सर्वेक्षणले ४४ प्रतिशतमा उच्च रक्तचापको जोखिम अवस्था -पि्रहाइपरटेन्सन) रहेको देखाएको नागरिक र गोरखापत्रमा खबर छ ।

चिकित्सकका अनुसार युवा तथा वयस्कमा हुने हृदयघातको प्रमुख कारण उच्च कोलेस्टोरल र उच्च रक्तचाप हो । रक्तचापको मात्रा १२०/८० भएकालाई सामान्य, १२०-१३९/८०-८९ भएकालाई पि्रहाइपरटेन्सन र १४०/९० भएकालाई उच्च रक्तचाप भनिन्छ । सर्वेक्षणमा २८ प्रतिशतको मात्रै रक्तचाप सामान्य थियो ।

सर्वेक्षणअनुसार ६० प्रतिशत वयस्कमा मोटोपन र ५ प्रतिशतमा मधुमेहको समस्या छ । २३ प्रतिशतले सुर्ती/चुरोट र ३३ प्रतिशतले मदिरा सेवन गर्छन् । यस्तै ७४ प्रतिशतले पर्याप्त फलफूल खाँदैनन् भने ८० प्रतिशतले दैनिक शारीरिक कसरत गर्दैनन् । चिकित्सकहरु स्वास्थ्य मानिसले दैनिक आधाघन्टा र कुनै समस्या भएकाले कम्तीमा एक घन्टा शारीरिक व्यायाम गर्नुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment