Comments Add Comment

सोमबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले गणेश थापालाई ५८ करोड भ्रष्टाचार गरेको अरोप, थापालाई एन्फा अध्यक्षबाट निलम्बन गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले इजरायली धर्मगुरुलाई छुटाउन न्युयोर्कबाट प्रधानमन्त्रीको फोन आएको, पूर्वमन्त्री कर्ण थापाले गाडी फिर्ता नगरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले १० दिनभन्दा बढी ओपीडी बन्द गर्न नपाइने, नेपाली जितु भारतीय खेलकुदका सान भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले बाबुराम भट्टराईले माघ ८ मा संविधान बन्दैन भनेको, राउटेले दसैं मज्जाले मनाउँछौं भनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले संगठीत डकैती गर्ने गिरोह पक्राउ परेको, युवावस्थामै कोलेस्टोरेल र प्रेसरको समस्या बढेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment