Comments Add Comment

सोमवारका दैनिक पत्रिकामा बिजनेश खबर

सोमवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले दसैं विशेष सामग्रीहरुलाई प्राथमिकता दिएर खबर छापेका छन् ।

कारोबार दैनिकले ‘एचएन्डबीका सीईओसहित १० कर्मचारी बर्खास्त हुँदै’ शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ । राष्ट्र बैंकले एचएण्डबी डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत १० कर्मचारीलाई बर्खास्त गर्ने भएको छ ।

यस्तै, सोलु आयोजनामा ९ बैंकको ३ अर्ब ७ करोड लगानी, दसैंमा पाएनन् डेढ लाखले सामाजिक भत्ता, दसैंमा घर फर्किनेलाई सीमामा सास्ती, कोरिया भाषा परीक्षाका करिब चार हजार उत्तीर्ण हुने, दसैंमा फस्टायो फुटपाथ ब्यापार, नेप्सेमा चार अंकको सुधार, लगायतका खबर कारोबार दैनिकमा खबर छ ।

अन्नपूर्ण पोष्टले ‘दसैंको अर्थतन्त्र’ शीर्षकमा मुख्य खबर छापेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार, नेपालको अर्थतन्त्र १९ अर्ब २८ अर्बको रहेको अनुमान छ । यसको आधारमा दसैं र तिहारको खर्च करिब चार खर्ब हाराहारी हुन आउँछ । दसैंको १५ दिनमा हुने खर्च सामान्य अवस्थामा दुई महिना हुने खर्च हो ।

यस्तै, एक गाउँ एक उत्पादनको लोगो सार्वजनिक, साना चिया किसानले आफै खोले कारखाना, कार्यालयका लागि भाडाको घर खोज्दै पर्यटन विभाग, संस्था बिगारेर राष्ट्र बैंक समक्ष हात उठाउँन बन्द गर्नुपर्ने गभर्नर खतिवडाको भनाई लगायतका खबर अन्नपूर्ण पोष्टमा खबर छ ।

नागरिक दैनिकले ‘खसीबोकाको मूल्य तोकियो’ शीर्षकमा मुख्य खबर छापेको छ । नेपाल खाद्य संस्थानले यसपालि दसैंमा बेच्ने खसीबोकाको मूल्य प्रतिकिलो चारसय ६ देखि चार सय २५ रुपैंयाँसम्म तोकेको छ । यो मूल्य पोहोरको तुलनामा सातदेखि १० प्रतिशत बढी हो ।

यस्तै, रसुवागढी ‘टेस्ट रन’ दसैंअघि, टेलिकमको चाडपर्व छुट आजबाट, किसानको चिया कारखाना सुरु, सोलुमा ४ अर्बको लागनी जुट्यो, सात पेट्रोलपम्प कारबाहीमा, चाडको मौकामा म्याद नाघेका सामान बिक्री लगायतका खबर नागरिक दैनिकमा छ ।

आर्थिक दैनिकले ‘अरनिको राजमार्ग पुनर्निर्माणको जिम्मा चीनलाई दिने तयारी’ शीर्षकमा मुख्य खबर छापेको छ । अरनिको राजमार्ग चीन सरकारकै सहयोगमा निर्माण गरिएको कारण पुनर्निर्माणको जिम्मामा पनि चीनलाई दिन लागिएको कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमले जानकारी दिएका छन् ।

यस्तै, एन्फा अध्यक्ष गणेश थापालाई निलम्बन गर्न निर्देशन, अपर सोलुमा नौ बैंक तथा वित्तीय संस्थाको लगानी, मोबाइल फोनमा १० प्रतिशत छुट, कलंकीका पसलमा ठगी रोकिएन, सडक डिभाइडर नराख्दाको मार सुरक्षामा, खाद्य संस्थानले आजदेखि खसीबोका बेच्ने लगायतका खबर आर्थिक दैनिकमा छ ।

anpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment