Comments Add Comment

राउटेलाई दसैंको चटारो, खसी किने, लुगा किन्न बजार जाँदैछन्

raute
१३ असोज, दैलेख । दैलेखको तालपोखरी स्थित जंगलमा बस्दै आएका राउटेलाई यतिबेला भ्याइनभ्याई छ ।

दसैं नजिकिंदै गर्दा राउटे समुदायका पुरुष खसी र नयाँ लुगा किन्न व्यस्त छन् भने महिला चामल र भान्छाकालागि आवश्यक सामानको खोजिमा जुटेका छन् । केटाकेटी पनि आपसमा दसैंको खुसी बाँड्दैछन् ।

जंगलकोबीचमा भए पनि राउटे बस्तीमा दसैंको रौनक अन्य गाउँ र सहरको भन्दा कम छैन । दसैं मनाउन उनीहरुले मुखियासँग सल्लाह गरेर सामुहिक योजना बनाएका छन्, अन्नपूर्ण पोष्टमा खबर छ ।

केही साता पहिले प्रधानमन्त्री सुशील कोइरालालाई काठमाडौंमा भेटेर राउटेले दसैं खर्च उपलब्ध गराउन माग गरेका थिए । सोही बमोजिम मन्त्रिपरिषदले दसैं मनाउन राउटेका प्रति परिवारलाई १० हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले शनिबार राउटे बस्तीमा पुगेर उक्त रकम बितरण गरेको थियो । सरकारले रकम उपलब्ध गराएपछि राउटेले दसैंकालागि खसीबोका खरिद गरिसकेका छन् । खाद्यान्न र नयाँ कपडा किन्न उनीहरु सुर्खेत र दैलेक बजार पनि धाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment