Comments Add Comment

मंसिर २६ मा ‘लभ यू बाबा’, गिनिज बुकमा नाम लेखाउने तयारी

love-u-baba-new-poster-hai

८ बर्षको उमेरमा नै निर्देशक बनेका सौगात बिष्टको चलचित्र ‘लभ यू बाबा’ मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाको फष्ट लुक, टिजर र दुई गीत सार्वजनिक गरिएको हो ।

रिदम अफ सोलको ब्यानरमा निर्माण भएको सिनेमाको शिर्ष गीतलाई कार्यक्रममा उपस्थित अधिकांशले रुचाएका थिए । आमाको काखविहिन एउटी सानी छोरीलाई आमाको अभाव हुन नदिन उसको बाबुले गरेको संघर्षलाई यो चलचित्रमा देखाउन खोजिएको छ ।

यो सिनेमामा गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अनु शाह र सुव्रत आचार्यले विशेष भूमिकामा काम गरेका छन् ।

यो सिनेमामा गजित बिष्टको कथा, गम्भिर बिष्टको पटकथा तथा संवाद, चन्द्र पन्तको एक्सन, गम्भिर बिष्टको नृत्य, पि्रतम पाण्डेको सम्पादन, दिव्यराज सुवेदीको छायांकन छ ।

सिनेमाको टिजरमा निर्देशक सौगात बिष्टलाई मात्र देखाइएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुको उपस्थिती थियो ।

सौगात विश्वकै कान्छा निर्देशक भएको भन्दै उनको नाम गिनिज बुक अफ द वल्र्ड रेकर्डमा लेखाउन कदम अगाडि बढिरहेको निर्माणपक्षले जनाएको छ ।

सौगातले गिनिज बुकमा नाम लेखाउने आशा धेरैले गरेका छन् । चलचित्रमा संझना पोख्रेलको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment