Comments Add Comment

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ मंगलबार

१३ असोज, काठमाडौं । संसदीय सुरुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित रामकुमार प्रसाद साहलाई सुनुवाइका लागि मंगलबार बोलाएको छ ।

ramkumar-prasad-shahसुनुवाइ समितिको सोमबार बसेको बैठकमा उजुरीकर्तासँग सोधपुछ गरेको छ ।

सुन्धारास्थित धरहरादेखि पश्चिमतफृको जमिनबारे साहले गरेको फैसला पक्षपातपूर्ण भएको भन्दै सुनुवाइ समितिमा उजुरी परेको थियो । मुसलमान समुदायले भोगचलन गर्दै आएको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोप छ ।

उजुरीकर्तासँगको छलफलपछि समितिले मंगलबार विहान ८ बजे साहलाई बोलाउने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस र एमालेका केही सभासदले दसैंपछि मात्र सुनुवाइ गर्नु पर्ने बताएका थिए भने केहीले अघि गर्नु पर्ने मत राखेका थिए ।

संवैधानिक परिषद्ले केही साताअघि सर्वोच्चका वरिष्ठ न्यायाधीश साहलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment