Comments Add Comment

मनसरोवर यात्रा गरेर उपराष्ट्रपति स्वदेश फर्किए

१३ असोज, काठमाडौं । उपराष्ट्रपति परमानन्द झा प्रथम चीन-तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा भाग लिएर सोमबार स्वदेश फर्किएका छन् ।

उपराष्ट्रपति झालाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम,सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल, ऊर्जामन्त्री राधादेवी ज्ञवाली र मुख्यसचिव लीलामणि पौडेललगायत उच्च पदस्थ अधिकारीले स्वागत गरेका छन् ।

विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपराष्ट्रपति झाले यस वर्षको मेलामा नेपाललाई मात्र निम्त्याइएको र अर्को वर्षदेखिका कार्यक्रममा अरु देशलाई पनि निम्त्याउने जानकारी दिए ।

तिब्बतको संस्कृति मन्त्रालय र राष्ट्रिय पर्यटन केन्द्रले आयोजना गरेको मेलामा उपराष्ट्रपति झालाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो ।

मेलापछि उपराष्ट्रपति झाले कैलाश मानसरोवरको यात्रा समेत गरेका छन् । उपराष्ट्रपतिको भ्रमण दलमा उनकी धर्मपत्नी, उपराष्ट्रपति कार्यालयका सचिव राजकुमार मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायतका अधिकारीहरु सहभागी थिए ।

उपराष्ट्रपति झा असोज ८ गते तिब्बतको ल्हासातर्फ प्रस्थान गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment