Comments Add Comment

टेबल टेनिसको पुरुष डबल्समा नेपालद्वारा मंगोलिया पराजित

१३ असोज, इन्चोन । एसियाड अन्तरगत टेबल टेनिसमा पुरुष डबल्समा नेपालले मंगोलियालाई पराजित गरेको छ ।

सोमबार भएको खेलमा नेपालले ३/० ले को जित निकालेको हो । अमरलाल मल्ल र पुरुषोत्तम बज्राचार्यले खेल ११ /८, ११ /६ र ११ /६ ले जिते ।

तर, मिक्स्ड डबल्स र महिला डबल्समा भने नेपालले पराजय भोगेको छ । महिला डबल्समा नेपाल हङकङसंग ३/० ले पराजित भयो । रबिना महर्जन र रितामैया प्रजापति ११ /८, ११ /५ र ११ /३ ले पराजित भएका हुन् ।

नबिता श्रेष्ठ र काजोल रौनियार पनि दक्षिण कोरियाको टिमसंग ३/० ले पराजित भए । नबिता र काजोल ११ /३, ११ /४ र ११ /७ ले पराजित भए ।

म्ािक्स्ड डबल्सतर्फ नेपाल उत्तर कोरियासँग ३/० ले पराजित भयो । पुरुषोत्तम बज्राचार्य र काजोल रौनियार ११/५, ११ /५ र ११ /२ ले पराजित भएका हुन् ।

चीनले नेपाललाई ३/० ले नै हरायो । अजय सुवाल र नबिता श्रेष्ठ ११ /२, ११ /५ र ११ /५ ले पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment