Comments Add Comment

गोदावरी भिलेज रिसोर्टको दशैं तिहार फेस्टिभ अफर

Godavari-resort

१३ असोज, काठमाडौं । विगत १८ वर्षदेखी स्वदेशी एवं विदेशी पर्यटकलाई आवश्यक सेवा प्रदान गर्दै आएको गोदावरी भिलेज रिसोर्टले दशै-तिहार फेस्टिभ अफर शुरु गरेको छ ।

उक्त अफर स्वदेशी पर्यटकलाई लाक्षित गरी ल्याइएको रिसोर्ट व्यवस्थापनले जनाएको छ । अफर घोषणा गरेपछि आन्तरिक पर्यटकका घुईंचो लाग्न थालेको रिसोर्टको भनाइ छ ।

यस अफरमा पर्यटकले दशै र तिहारको अवसरमा लिङ्गे पिङ, स्विमिङका साथै चुङ्गा चेटजस्ता क्रियाकलापबाट मनोरञ्जन लिन सक्नेछन् ।

रिसोर्टले एक जोडीलाई बसोबास ब्रेकफास्ट, १ दिनको लागि ३ हजार ९ सय ९९ रुपैयाँको दशै तिहार फेस्टिवल प्याकेज अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment