Comments Add Comment

४०० गोल कहिल्यै सोचेको थिइँन : मेस्सी

Messi

१३ असोज, काठमाडौं । बार्सिलोना फवार्ड लिओनल मेस्सीले ४०० गोल आफूले कहिल्यै नसोचेको बताएका छन् ।

ला लिगामा बार्सिलोनालाई गर्नाडाविरुद्ध ६-० को जित दिलाउने क्रममा मेस्सीले ४०० र ४०१ औं गोल गरेका थिए । मेस्सीले बार्सिलोनाका लागि ३५९ र अर्जेन्टिनाका लागि ४२ गोल गरेका छन् ।

‘मैले यस्तो सफलता पाउने कल्पना समेत गरेको थिइँन’ मेस्सीले फेसबुक पेजमा भनेका छन्-‘थप लक्ष्य प्राप्प्तीका लागि अझ मेहनत गर्नेछु ।’

बार्सिलोनाका प्रशिक्षक लुइस इनरिक भन्छन्-‘मेस्सी एक जादूको छडी जस्तै छन् ।’

चार पटकको फिफा बालोन डि’ओर विजेता मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत हुन् । बार्सिलोनालाई तीन च्याम्पियन्स लिग र ६ ला लिगासहित २१ उपाधि दिलाउन महत्वपूर्ण भूसिमका खेलेका मेस्सीले आफूलाई महान फुटबलर मध्ये एकका रुपमा स्थापित गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment