Comments Add Comment

जुवामा चेकबाट कारोबार

juwa-ko-khal
१४ असोज, काठमाडौं । पेसेवर जुवाडेले नगदभन्दा चेकमार्फत हारजितको हिसाबकिताब गर्न थालेका छन् । प्रहरीले आइतबार साँझ छापा हानेका चाबहिल र पुतलीसडकका जुवा अडानबाट लाखौंका चेक बरामद भएका छन् ।

दुवै जुवाको खालबाट प्रहरीले १७ जुवाडेलाई पक्राउ गरेको छ । पुतलीसडकको जुवा अड्डाबाट धेरै पैसा बरामद हुने प्रहरीको अनुमान थियो । तर, दुई लाख १८ हजार रुपैयाँ मात्र बरामद भएको छ । जुवाडे पैसाको गड्डीभन्दा चेकबुक नै लिएर जुवा खेल्न बसेको भेटिएको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।

पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्सको अगाडी एक घरमा महाशाखाका प्रहरीले छापा हानी ११ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवीन पाण्डे, सरोज श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, राजेश केसी, सैलेश पौडेल, कान्छा तामाङ छन् ।

त्यस्तै चाबहिलको पशुपति क्इाम्पसनजिकैबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । खालबाट दुई लाख ८२ हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँको चेक बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment